कुनै समय कि चर्चित तरकारीवाली काे रोमान्स लम्फु संग

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०७४
|
|
२० पटक हेरिएको
Shares
कुनै समय कि चर्चित तरकारीवाली काे रोमान्स लम्फु संग

सारांश

  • झण्डै १ वर्ष अघि तरकालिवालीका नामबाट एकाएक चर्चामा आएकी एक युवती अब अभिनेत्रीका रुपमा पर्दामा देखिने भएकी छिन् ।
  • तरकारीवालीका नामबाट चिनिएकी कुशुम श्रेष्ठले चलचित्र ‘लम्फू’ मार्फत चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी हुन् ।
  • गोपालचन्द्र लामिछानेको निर्देशनमा बनेको उक्त चलचित्रमा अभिनय गरेबापत उनले पाएको पारिश्रमिक अनाथ बालबालिकाको लागी खर्च गरेकी छिन् ।

झण्डै १ वर्ष अघि तरकालिवालीका नामबाट एकाएक चर्चामा आएकी एक युवती अब अभिनेत्रीका रुपमा पर्दामा देखिने भएकी छिन् । तरकारीवालीका नामबाट चिनिएकी कुशुम श्रेष्ठले चलचित्र ‘लम्फू’ मार्फत चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी हुन् । गोपालचन्द्र लामिछानेको निर्देशनमा बनेको उक्त चलचित्रमा अभिनय गरेबापत उनले पाएको पारिश्रमिक अनाथ बालबालिकाको लागी खर्च गरेकी छिन् ।

रिलिज डेट फिक्स नभएको उक्त चलचित्रमा कुशुमले कस्तो क्यारेक्टरको भूमीका निर्वाह गरेकी छिन् भन्ने कुरा भने खुलाइएको छैन् । यो एक वर्षमा कुशुमलाई थुप्रै खालका अफर आए पनि चलचित्रका सबै अफर तयागेको बताईएको छ । लम्फू यूनिटले भने उनलाई मास्टर डिग्री सम्म निशुस्ल्क शिक्षाको लागी छात्रावृत्ती प्रदान गरेको र उक्त टिमको सामाजिक भावनाको कदर गर्दै सो चलचित्रमा अभिनय गरेको कुशुम बताउँछिन् ।

चितवनको रत्ननगरमा शिक्षण पेशामा रहेका कुशुमका काका गोपीलाल श्रेष्ठले छोरीको सामाजिक कार्यको सोचले आफु निकै हर्षित भएको बताए । ‘कुशुमले गरेको काम ‘पावर’ र ’प्रोपर्टी’को लागि नभएर ‘प्रेस्टिज’को लागि हो । समाजमा बसेपछि सामाजिक न्यायको क्षेत्रमा पनि हामीले हेर्नुपर्छ भन्ने ध्येयले यो गरिएको हो ।

पपुलर मल्टिमिडियाका लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको ‘लम्फू’मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिष्का पोखरेल, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?