छुटे डन गणेश लामा, माला लगाएर दीपक मनाङेले गरे बिदाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
छुटे डन गणेश लामा, माला लगाएर दीपक मनाङेले गरे बिदाई

सारांश

  • गुण्डा नाइके गणेश लामा थुनामुक्त भएका छन् ।
  • हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय पाएका लामा सोमबार राती छुटेका हुन् ।
  • गत फागुन ३० गते काठमाडौँ प्रहरी परिसरको विशेष टोलीले उनलाई एक पेस्तोल र ६ राउण्ड गोलीसहित पक्रिएको थियो ।

गुण्डा नाइके गणेश लामा थुनामुक्त भएका छन् । हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय पाएका लामा सोमबार राती छुटेका हुन् । गत फागुन ३० गते काठमाडौँ प्रहरी परिसरको विशेष टोलीले उनलाई एक पेस्तोल र ६ राउण्ड गोलीसहित पक्रिएको थियो । गौशलामा रहेको पशुपति भिजन होटलमा गोली चलेपछि त्यहाँ पुगेको प्रहरीले लामालाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले लामालाई २६ चैतमा थुनछेक आदेश बमोजिम हातहतियार तथा खरखजाना ऐन २०१७ अनुरुप पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाएको थियो । मुद्दाको फैसलामा उनलाई ७० हजार रुपैयाँ जरिवाना र ७ महिनाको कैद तोकिएको थियो ।

असोज २८ गतेसम्ममा उनलाई दिइएको कैद सजाय कट्टा भएको र थुनामा राख्नु पर्ने अन्य मुद्दा नदेखिएको कारण थुनामुक्त गरिएको डिल्लीबजार कारागारले जनाएको छ । थुनामुक्त भएका लामालाई डिल्लीबजार कारागारमै रहेका अर्का गुण्डा नाइके दीपक मनाङेले माला लगाएर विदाई गरेको कारागार श्रोतले जनाएको छ । मनाङे लामाका गुरु मानिन्छन् । रेष्टुरेन्टमा बाउन्सर काम गरिरहेका लामालाई मनाङेले नै गुण्डागर्दीको दुनियाँमा भित्राएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिआइजी र एसएसपीको सरुवा,काठमाडौंमाआए लामा
डिआइजी र एसएसपीको सरुवा,काठमाडौंमाआए लामा
ओलीले अध्यक्ष छाड्ने, प्रधानमन्त्रीमा प्रचण्डको साथ !
ओलीले अध्यक्ष छाड्ने, प्रधानमन्त्रीमा प्रचण्डको साथ !
सुन काण्डमा ‘पावर’ले हावा खायो,  उच्च निगरानीमा अर्याल !
सुन काण्डमा ‘पावर’ले हावा खायो, उच्च निगरानीमा अर्याल !
बेलायतमा पहिले जस्तो कडा मात्रामा लकडाउन नहुने
बेलायतमा पहिले जस्तो कडा मात्रामा लकडाउन नहुने
नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ !
नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ !
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
उपल्लो डोल्पाको नाका चिसोका कारण खुल्न सकेन
उपल्लो डोल्पाको नाका चिसोका कारण खुल्न सकेन
एलपिएल : क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी
एलपिएल : क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी
सौर्य एयर दुर्घटना: आज राष्ट्रिय झण्डा आधा झुकाइँदै
सौर्य एयर दुर्घटना: आज राष्ट्रिय झण्डा आधा झुकाइँदै
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तपाईंले छुटाउनुभयो कि?