वाइसिएलको कार्यकर्तालाई निर्देशन : अब काँग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
वाइसिएलको कार्यकर्तालाई निर्देशन : अब काँग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल !

सारांश

  • काठमाडौँ ।
  • बालकृष्ण ढुंगेल पक्राउ परेपछि माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग नेपालले एक विज्ञप्ति जारी गर्दै गर्दै ढुंगेललाई तत्काल रिहा गर्न माग गरेको छ ।
  • विज्ञप्तिमा ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गरेर द्वन्दकालिन मुद्दाहरु व्युताउने चेतावनी समेत दिएको छ ।

काठमाडौँ । बालकृष्ण ढुंगेल पक्राउ परेपछि माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग नेपालले एक विज्ञप्ति जारी गर्दै गर्दै ढुंगेललाई तत्काल रिहा गर्न माग गरेको छ ।

विज्ञप्तिमा ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गरेर द्वन्दकालिन मुद्दाहरु व्युताउने चेतावनी समेत दिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्दकालिन मुद्दाहरु व्युताएर घटनामा संलग्न नेपाली कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने पहलकदमी लिन वाइसिएलका मातहतका जिल्ला समितिहरुलाई निर्देशित गर्दछ ।’

संगठनले द्वन्दकालका गम्भिर घटनामा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ मार्फत हेरिने भन्ने बिस्तृत शान्ति सम्झौताको उलघंनमात्रै होइन देश निर्बाचनमा होमिईरहँदा निर्बाचन भाड्ने षड्यन्त्रस्वरुप गरिएको गिरफ्तारीप्रति आपक्ति व्यक्त गरेको छ ।

योङ्ग कम्युनिष्ट लीग, नेपाल
केन्द्रिय समिति

मिति २०७४ कात्तिक १४
प्रेस वक्तव्य

देश संविधानको कार्यान्वयन अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनमा होमिईरहेकोबेला सरकारले माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्नुले आममा आश्चार्यचकित बनाएको छ ।
द्वन्दकालका गम्भिर घटनामा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ मार्फत हेरिने भन्ने बिस्तृत शान्ति सम्झौताको उलघंनमात्रै होइन देश निर्बाचनमा होमिईरहँदा निर्बाचन भाड्ने षड्यन्त्रस्वरुप गरिएको गिरफ्तारीप्रति हाम्रो संगठन आपक्ति व्यक्त गर्दछ । साथै ढुंगेलको मुद्दालाई आयोगमार्फत हल गर्न र उनलाई तत्काल रिहाई गर्न समेत माग गर्दै निर्बाचन भाड्न गरिएको षड्यन्त्रप्रति चनाखो र सचेत हुन समेत आम युवाहरुमा अपिल गर्दछ ।
ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्दकालिन मुद्दाहरु व्युताएर घटनामा संलग्न नेपाली कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने पहलकदमी लिन वाइसिएलका मातहतका जिल्ला समितिहरुलाई निर्देशित गर्दछ ।

क्रान्तिकारी अभिवादन सहित !

राम प्रसाद सापकोटा ‘दीपशिखा’
अध्यक्ष
सुवोधराज शेर्पाली
महासचिव

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?