राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
३२ पटक हेरिएको
Shares
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र

सारांश

  • काठमाडौं ।
  • सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले हालै संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश गएको दाबी गरेको छ ।
  •   गत आइतबारदेखि चारदिन नेपाल भ्रमण सकेर बुधबार महासचिव गुटेरेस फर्किएका थिए ।

काठमाडौं । सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले हालै संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश गएको दाबी गरेको छ । 

गत आइतबारदेखि चारदिन नेपाल भ्रमण सकेर बुधबार महासचिव गुटेरेस फर्किएका थिए । उक्त भ्रमणले संसारभर बहुआयामिक सन्देश दिएको माओवादीले दाबी गरेको हो । 

बिहीबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा भएको विश्व शान्तिको अपिल र जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण हुनुसहित बहुआयामिक सन्देश दिएको दाबी गरेका हुन् । 

संयुक्त राष्ट्रसंघको बैठक चलिरहेका बेला गुटेरेस नेपाल आउनु नै ठूलो कुरा बताएका माओवादी प्रवक्ता सापकोटाले उनको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश गएको बताए । 

बुद्धको बारेमा दूराशयपूर्ण ढंगले प्रश्न उठाउन खोजिएका बेला उनकै जन्मभूमि लुम्बिनीबाट महासचिव गुटेरेसले विश्व शान्तिको अपिल गर्नु र गौरवको कुरा भएको प्रवक्ता सापकोटाको भनाइ छ । 
 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?