गाउँमै सरकारी सेवा, सयौ स्थानीय लाभान्वित

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १७, २०७३
|
|
६२० पटक हेरिएको
Shares
गाउँमै सरकारी सेवा, सयौ स्थानीय लाभान्वित

सारांश

  • सलिम अन्सारी १७ माघ प्युठान ।
  • प्युठानका सरकारी कार्यालयहरुले जिल्लाको विकट गाविस लुङ ६ बहानेमा पुगेर सरकारी सेवा दिएका छन् ।
  • जिल्ला प्रशासन कार्यालय प्युठानको नेतृत्वमा गाउँ पुगेको एकिकृत घुम्ति शिबिरमा जिल्लाका सबै कार्यालयहरुले आ–आफ्ना कार्यालयका सेवा प्रवाह गराएका थिए ।

सलिम अन्सारी १७ माघ प्युठान । प्युठानका सरकारी कार्यालयहरुले जिल्लाको विकट गाविस लुङ ६ बहानेमा पुगेर सरकारी सेवा दिएका छन् । जिल्ला प्रशासन कार्यालय प्युठानको नेतृत्वमा गाउँ पुगेको एकिकृत घुम्ति शिबिरमा जिल्लाका सबै कार्यालयहरुले आ–आफ्ना कार्यालयका सेवा प्रवाह गराएका थिए । शिविरमा जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय,जिल्ला आर्युबेदिक कार्यालय,महिला तथा बालबालिका कार्यालय जिल्ला स्वास्थ्य कार्यालय लगायतका सरकारी कार्यालयहरुले आ आफ्ना सेवा उपलब्ध गराएका थिए ।

शिबिरमा उत्तरी प्युठानका दुर्गम गाबिसहरु फोप्ली,डाम्री, लिघा, खबाङ, स्याउँलिबाङ र लुङ गरि ६ गाविसका सेवाग्राहीहरुले जिल्ला सदरमुकामबाट हुने सेवाहरु सहज ढंगले पाएका थिए । गाउँमै यसरी सेवा पाउँदा सर्वसाधारणलाई सहज भएको र सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयले बताए । दुई दिन सम्म संचालन गरिएको शिविरमा जिल्ला प्रशासन कार्यालयबाट ४ सय ९८ जनालाई नागरिकता वितरण गरिएको थियो भने ५५ जनाले जेष्ठ नागरिक परिचय पत्र २७ जनाले अपाङ्ता परिचय पत्र, ३ सय १९ जना विभिन्न रोगका बिरामीलाइ निशुल्क स्वास्थय जाँच तथा निशुल्क औषधि सेवा प्रदान गरिएको थियो । त्यस्तै ७ सय ४ जना कृषकलाइ कृषि सम्बन्धी परामर्श तथा बीउ बिजन वितरण गरिएको थियो भने ३ हजार ४ सय ७ जना कृषकले पशुजाँच तथा औषधि र १ सय ५१ जनाले आयुर्वेद सेवा लिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।
एकिकृत घुम्ती शिविरका अवसरमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट खानेपानी समबन्धी बुरसियर प्रदर्शनी समेत गरिएको थियो ।

शिविरमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता महिला तथा बालबालिका कार्यालयबाट जेष्ठ नागरिक परिचय पत्र र अपाङ्ता परिचय पत्र, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला आयुर्बेद कार्यालयबाट निशुल्क स्वास्थ जाँच तथा निशुल्क औषधि सेवा,जिल्ला कृषि बिकास र पशुसेवा कार्यालयबाट कृषि तथा पशु सम्बन्धी परामर्श,औषधि र विभिन्न बिउबिजन प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो । उहाका अनुसार नागरिकलाई राज्यको पहुँच सहज ढंगले पु¥याउने उद्देश्यले शिबिर संचालन गरिएको हो । गाउँमै सहज ढंगले सेवा पाएपछि दुर्गम गाउँका सयौ सर्वसाधारणहरु लाभान्वित भएका छन् । सानो काम लिएर जिल्ला जाँदा घेरै झण्झटका साथै समय लाग्ने भएकाले गाउँमै सहज सेवा पाउँदा आँफूहरुलाई खुशि लागेको स्थानीयहरुले बताए । घुम्टी शिबिर जिल्लाका अन्य इलाकामा पनि संचालन गर्ने योजना रहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Saif Ali Khan Interpol controversy: Bulgarian authorities question the missing 10, 000 Euros that was supposed to be paid to the company involved in this case
Saif Ali Khan Interpol controversy: Bulgarian authorities question the missing 10, 000 Euros that was supposed to be paid to the company involved in this case
२३ जना मतदाता रहेको केन्द्रमा सबैले भोट हाले
२३ जना मतदाता रहेको केन्द्रमा सबैले भोट हाले
बिस्केट जात्रामा एक हजार सुरक्षाकर्मी परिचालन गरिने
बिस्केट जात्रामा एक हजार सुरक्षाकर्मी परिचालन गरिने
मुख्यमन्त्री पाण्डेले भने : सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ
मुख्यमन्त्री पाण्डेले भने : सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ
कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो चासो र हस्तक्षेप नभएको उपप्रधानमन्त्री पोखरेलको स्पष्टोक्ति
कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो चासो र हस्तक्षेप नभएको उपप्रधानमन्त्री पोखरेलको स्पष्टोक्ति
स्वस्थ रहन अपनाउनुहोस् यी तरिका
स्वस्थ रहन अपनाउनुहोस् यी तरिका
प्रेममा धोका खाएपछि सडकमा पुगेका यी पूर्व नासु
प्रेममा धोका खाएपछि सडकमा पुगेका यी पूर्व नासु
रोल्पाली चेली अनुमाथि लाग्यो ‘पापी आँखा’
रोल्पाली चेली अनुमाथि लाग्यो ‘पापी आँखा’
आईजी खनाल र गृहसचिव राईलाई देखाईदिन्छु भन्दै एसएसपी पोखरेल हिँडेपछि..
आईजी खनाल र गृहसचिव राईलाई देखाईदिन्छु भन्दै एसएसपी पोखरेल हिँडेपछि..
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु,  दुई हजार संक्रमित
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित

तपाईंले छुटाउनुभयो कि?