रोल्पाली चेली अनुमाथि लाग्यो ‘पापी आँखा’
सारांश
- काठमाडौं, २६ चैत ।
- रोल्पा घर्तीगाउँकी चेली मोडल विमता घर्तीमगर ‘अनु’को जीवनमा पापी आँखा आई लागेको छ ।
- पछिल्लो समयकी चर्चित मोडल तथा गायिका अनुको वास्तविक जीवनमा होइन, उनको सांगीतिक जीवनमा पापी आँखा आईपुगेको हो ।
काठमाडौं, २६ चैत । रोल्पा घर्तीगाउँकी चेली मोडल विमता घर्तीमगर ‘अनु’को जीवनमा पापी आँखा आई लागेको छ । पछिल्लो समयकी चर्चित मोडल तथा गायिका अनुको वास्तविक जीवनमा होइन, उनको सांगीतिक जीवनमा पापी आँखा आईपुगेको हो ।
आधा दशकदेखि म्यूजिक भिडियोमा मोडलिङ गरिरहेकी अनुले ‘पापी आँखा’ बजारमा ल्याएकी छिन् । तिर्सजना म्यूजिक प्रा.लि.को प्रस्तुती रहेको पापी आँखामा रहेको अनुको सुमधुर स्वर सुन्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । अभिनयमा जति न्याय दियर नाच्न अब्बल दिने अनुले पापी आँखा मार्फत गायनमा पनि आफ्नो उत्कृष्ट कला प्रस्तुत गरेकी छिन् । बहु स्वरको धनी गायक राजन कार्कीले गायिकालाई स्वरमा साथ दिएका छन् ।
पापी आँखाको शब्द तथा लय उनै गायक राजन कार्कीको रहेको छ । तिर्सना म्यूजिक प्रा लिको प्रस्तुतीमा बजारमा आयको यस गीतको म्यूजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् भने अभिनयमा दुर्गेश थापा त स्वयम् गायिका अनु देखिएका छन् । साइभिजन प्रालीको दृश्य निर्माणमा सहयोग गरेकोले यस गीत अलि फरक प्रकृतिको रहेको निर्देशक भट्ट बताउछन् । आफ्नो अबको गायन यात्राको भविष्य यसै गीतले मार्गदर्शन गर्ने गायिका अनुले बताईन् । उनले आफ्नो गीतलाई स्रोताहरुले मन पराएको बताईन् ।
प्रतिक्रिया