हुम्लाका दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १५, २०७४
|
|
३१ पटक हेरिएको
Shares
हुम्लाका दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र

सारांश

  • दशैँ, तिहार र छठ पर्व मनाउन घर गएका हुम्लाका करिब दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका छन् ।
  • हुम्ला फर्किन हवाईजहाजको टिकट नपाएपछि ती कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुन् ।
  • प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गएको अवस्थामा कर्मचारी हतार हतारमा आ–आफ्नो कार्यालय फर्किन थालेका थिए ।

दशैँ, तिहार र छठ पर्व मनाउन घर गएका हुम्लाका करिब दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका छन् ।

हुम्ला फर्किन हवाईजहाजको टिकट नपाएपछि ती कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गएको अवस्थामा कर्मचारी हतार हतारमा आ–आफ्नो कार्यालय फर्किन थालेका थिए । तर अधिकांश कर्मचारी हवाईजहाजको टिकट नपाउँदा हप्तौँदेखि नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका मुख्य निर्वाचन अधिकृत अनिलकुमार शर्माले बताउनुभयो ।

“कर्मचारी जिल्ला नआइसकेको अवस्थामा निर्वाचनमा खटिनेहरुको नामावली केन्द्रमा पठाउन सकिएको छैन,” उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा कर्मचारी चाँडै फर्किन खोजेपनि हवाईजहाज उडान नियमित नहुँदा मारमा परेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका सचिव लोकबहादुर सुनारले हवाईजहाजको टिकटका लागि एक हप्ता नेपालगञ्ज बस्नुपरेको बताउनुभयो । “बल्ल आज टिकट पाइयो र आउन सके, अरु कर्मचारी अलपत्र परेका छन्,” उहाँले भन्नुभयो । तारा, सीता र नेपाल एयरलाइन्सका विमानले नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएपनि नियमित भने छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड सुध्रिने संकेत, कम्युनिष्ट बन्न नसकेको स्वीकारोक्ति
प्रचण्ड सुध्रिने संकेत, कम्युनिष्ट बन्न नसकेको स्वीकारोक्ति
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
शैक्षिक अभियन्ता तेन्जिङ भुटिया चुनावी मैदानमा, संखुवासभाको मुहार फेर्ने प्रतिबद्धता
शैक्षिक अभियन्ता तेन्जिङ भुटिया चुनावी मैदानमा, संखुवासभाको मुहार फेर्ने प्रतिबद्धता
‘पर्सनालिटी अफ दी इयर’ को अवार्ड कुलमान घिसिङ लाई
‘पर्सनालिटी अफ दी इयर’ को अवार्ड कुलमान घिसिङ लाई
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल
औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल
अशक्तको सहारामा रोल्पाका तीन बालबालिका
अशक्तको सहारामा रोल्पाका तीन बालबालिका
कामपाले हटायो बाह्र हजार प्रचार सामग्री
कामपाले हटायो बाह्र हजार प्रचार सामग्री
केपी ओलीसँग गोपाल किराती भिड्ने, रातारात यस्तो भयो भित्री सहमति
केपी ओलीसँग गोपाल किराती भिड्ने, रातारात यस्तो भयो भित्री सहमति
पूर्वराजा ज्ञानेन्द्र शाहले वायुसेवा निगमलाई ५ करोड तिर्न बाँकी
पूर्वराजा ज्ञानेन्द्र शाहले वायुसेवा निगमलाई ५ करोड तिर्न बाँकी

तपाईंले छुटाउनुभयो कि?