राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ नारायणकाजी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ नारायणकाजी

सारांश

  • १७ कात्तिक, गोरखा ।
  • ‘दाइ आराम हुनुहुन्छ ?
  • घरतिरको खबर के छ ?

१७ कात्तिक, गोरखा । ‘दाइ आराम हुनुहुन्छ ? घरतिरको खबर के छ ?’ गृह गाउँपालिका गोरखाको सिरानचोक पुगेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय बासिन्दासँग हात मिलाउँदै प्रश्न सोधे । कसैलाई काकाकाकी त कसैलाई दाइभाइको साइनोले सम्बोधन गर्दै उनी अंकमाल गर्दै थिए ।

आसन्न निर्वाचनमा गोरखा २ को प्रतिनिधिसभा सदस्यमा बाबुराम भट्टराईको प्रतिद्वन्द्वीका रुपमा चुनावी मैदानमा उत्रिएका श्रेष्ठ घरदैलो अभियानअन्तर्गत्  सिरानचोकको अर्कुल पुगेका थिए । कार्यकर्तासहित  दिउँसो दुई बजेतिर अर्कुल पुगेका श्रेष्ठको गाडी रोकिएसँगै पञ्चैबाजा बज्न सुरु भयो । बाजासहित स्थानीयवासी स्वागतका लागि अगाडि सरे ।

आफ्नै ठाउँ भएर श्रेष्ठले प्रायः सबैलाई चिने । उनले त्यहाँ आफ्नो निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरे । र, मतदातालाई सम्बोधन गर्दै भोट मागे ।

उनी भन्दै थिए, ‘तपाईंहरु बहुमतको सरकारसँगै राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ, वाम गठबन्धनबाट मात्र त्यो सम्भव छ ।’

सम्बोधनका क्रममा उनी आफ्ना प्रतिद्वन्द्वी डा. भट्टराईलाई इंगित गर्दै भन्दै थिए, ‘नयाँशक्ति नामको पुरानो विचार भएका व्यक्तिलाई जिताएर केही फाइदा छैन ।’

‘दुई दिनअघि कांग्रेसलाई जरैदेखि उखेलेर फाल्नुपर्छ भन्ने, अहिले त्यही काग्रेससँग मिल्ने, यस्ता मान्छेलाई कसरी विश्वास गर्नुहुन्छ,’ उनी भन्दै थिए । पुसभित्र वामपन्थीको एकल बहुमतको सरकार बन्ने श्रेष्ठले दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?