लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीको शपथ आज

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २९, २०७९
|
|
१६ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीको शपथ आज

सारांश

  • दाङ।
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।
  • गत पुस २८ मा शपथ लिएका मुख्यमन्त्री गिरीले माघ २८ मा मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन् संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री गिरीले मन्त्रीहरुको नाम प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका छन्।

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। गत पुस २८ मा शपथ लिएका मुख्यमन्त्री गिरीले माघ २८ मा मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन्

संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री गिरीले मन्त्रीहरुको नाम प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका छन्। यसअघि विना विभागीय रहेका दुई जना मन्त्रीलाई समेत जिम्मेवारी तोकिएको छ।

एमालेबाट मुख्यमन्त्री सहित पाँच, माओवादीबाट तीन र अन्य साना दलबाट एक-एक जना गरी दश जनाको मन्त्रिमण्डल बनाइएको छ। सत्ता साझेदार दलको बैठकले मन्त्रालय टुंगो लागेसँगै मन्त्रिहरुको नाम दलको बैठकबाट निर्णय गरिएको थियो।

प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक मामिला मन्त्रीको रुपमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारु र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री कृष्णा केसीलाई नियुक्त गरेका गरेका छन्।

यसअघि केसीले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएकी थिइन्। मन्त्रालय भागबण्डा गर्दा उनी असन्तुष्ट रहेको र त्यसकै कारण विना विभागीय मन्त्रीबाट राजीनामा दिएको सार्वजनिक भएको थियो।

तर, मुख्यमन्त्री कार्यालयले मन्त्री केसीको राजीनामा मुख्यमन्त्री समक्ष आइनपुगेको बताएको छ। जसले गर्दा उहाँलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रीको जिम्मेवारी तोकिएको छ।

एमालेबाट विष्णु पन्थी स्वास्थ्य मन्त्री, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण मन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त भएका छन्। यसअघि मन्त्री बनेका एमालेका उपनेता चेतनारायण आचार्यलाई खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यस्तै साना दललाई एक-एक मन्त्रालय दिएर भाग पुर्‍याइएको छ। जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री र राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रिमा नियुक्त भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?