हिंसाका विकल्प कार्यक्रमका सहजकर्ताको विश्व सम्मेलन शुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
३८ पटक हेरिएको
Shares
हिंसाका विकल्प कार्यक्रमका सहजकर्ताको विश्व सम्मेलन शुरु

सारांश

  • दैनिक जीवनमा आइपर्ने द्वन्द्व वा हिंसालाई रचनात्मक र अहिंसात्मक तरिकाले सामना गर्न सिकाउने सहजकर्ताको १७ औं विश्व सम्मेलन आजदेखि यहाँ शुरु भएको छ ।
  • हिंसाका विकल्प कार्यक्रम (एभिपी) नेपालको संयोजन र एभिपी अन्तर्राष्ट्रिय समितिको आयोजनामा आजदेखि कात्तिक २५ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न ४० देशका १६० जना प्रतिनिधि सहभागी छन् ।
  • सम्मेलनको नारा ‘स्थानीय समुदायको हेरचाह, विश्व सामुदायको निर्माण’ छ ।

दैनिक जीवनमा आइपर्ने द्वन्द्व वा हिंसालाई रचनात्मक र अहिंसात्मक तरिकाले सामना गर्न सिकाउने सहजकर्ताको १७ औं विश्व सम्मेलन आजदेखि यहाँ शुरु भएको छ ।

हिंसाका विकल्प कार्यक्रम (एभिपी) नेपालको संयोजन र एभिपी अन्तर्राष्ट्रिय समितिको आयोजनामा आजदेखि कात्तिक २५ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न ४० देशका १६० जना प्रतिनिधि सहभागी छन् । सम्मेलनको नारा ‘स्थानीय समुदायको हेरचाह, विश्व सामुदायको निर्माण’ छ । सम्मेलनको उद्घाटन एभिपी अन्तर्राट्रिय समितिका अध्यक्ष ब्रानबिन हिलम्यान र नेपाल समितिका अध्यक्ष जमुना महर्जनले संयुक्त रुपमा गर्नुभयो ।

विश्वका विभिन्न स्थानमा क्रियाशील सहजकर्ताहरु सहभागी भएर द्वन्द्व र हिंसाले पिरोलेको आफ्नो समुदायमा काम गर्दाका अनुभव सुनाउने र त्यसबाट ज्ञान तथा अनुभव प्राप्त गर्ने एभिपी नेपालका उपाध्यक्ष भीमलाल गुरुङले जानकारी दिनुभयो ।

विभिन्न खाले हिंसात्मक क्रियाकलापमा संलग्न भएका कारण कारागार परेका मानिस, त्यसमा पनि खासगरी युवालाई हिंसाको दुष्चक्रबाट बाहिर निस्केर सामान्य र शान्तिपूर्ण जीवन बिताउन सहयोग गर्ने उद्देश्यले सन् १९७५ मा अमेरिकाको न्युयोर्कस्थित ग्रिनहेभन कारागारबाट स्वयंसेवी रुपमा एभिपी कार्यक्रमको शुरुआत भएको हो ।

हाल यो करिब ५० मुलुकमा सञ्चालित छ । नेपालमा एभिपीको शुरूआत सन् २००८ मा भएको थियो । यहाँ करिब ६० सहजकर्ता (परामर्शदाता) तयार भएका छत् । विद्यालयमा हुने शारीरिक दण्ड र सजाय निरुत्साहन गर्न पनि सो कार्यक्रमले सहयोग गर्दै आएको छ ।

(hotcanadianpharmacy.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब लगानी प्रतिबद्धता
बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब लगानी प्रतिबद्धता
गाईलाई राष्ट्रिय जनावर बनाउन नहुने मागसहित नाङ्गै प्रदर्शन (भिडियोसहित)
गाईलाई राष्ट्रिय जनावर बनाउन नहुने मागसहित नाङ्गै प्रदर्शन (भिडियोसहित)
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष
कांग्रेसमा आत्मसमीक्षा होइन, आरोप–प्रत्यारोप, बैठकमा कसले के भने ?
सामान्य कुलोबाटै बिजुली उत्पादन
सामान्य कुलोबाटै बिजुली उत्पादन
राष्ट्रिय एकताका पक्षमा उभिन आमनागरिकलाई पूर्वराजाको अपिल
राष्ट्रिय एकताका पक्षमा उभिन आमनागरिकलाई पूर्वराजाको अपिल
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त (सूचीसहित)
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त (सूचीसहित)
कर्मचारी समायोजन त्रुटीपूर्ण ! मन्त्री र कर्मचारीबीचको लडाई कहाँ पुग्ला ?
कर्मचारी समायोजन त्रुटीपूर्ण ! मन्त्री र कर्मचारीबीचको लडाई कहाँ पुग्ला ?
रहस्यमय बन्दै घटना, दैलेखमा मगाइएकै थिएन गाई
रहस्यमय बन्दै घटना, दैलेखमा मगाइएकै थिएन गाई
झापामा सिमेन्ट उद्योगका व्यवस्थापक दुगडको हत्या
झापामा सिमेन्ट उद्योगका व्यवस्थापक दुगडको हत्या

तपाईंले छुटाउनुभयो कि?