विवाह नगरी आमा बनिन् सलमान खानकी यी नायिका, तीन वर्षपछि गरिन् खुलासा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १९, २०७६
|
|
३९ पटक हेरिएको
Shares
विवाह नगरी आमा बनिन् सलमान खानकी यी नायिका, तीन वर्षपछि गरिन् खुलासा

सारांश

  • देव डी, साहेब बीबी और ग्याङ्गस्टर, दबंगजस्ता फिल्ममा आफ्नो बोल्ड अन्दाजबाट सबैको मन मस्तिष्कमा बस्न सफल माही गिल आजकाल चर्चामा छिन् ।
  • नायिकाले हालै आफ्नो नीजि जीवनबारे खुलेर कुराकानी गरेकी छिन् ।
  • यतिबेला उनले आफ्नो एक छोरी भएको र यसमा आफूलाई गर्व भएको बताइन् ।

देव डी, साहेब बीबी और ग्याङ्गस्टर, दबंगजस्ता फिल्ममा आफ्नो बोल्ड अन्दाजबाट सबैको मन मस्तिष्कमा बस्न सफल माही गिल आजकाल चर्चामा छिन् । नायिकाले हालै आफ्नो नीजि जीवनबारे खुलेर कुराकानी गरेकी छिन् । यतिबेला उनले आफ्नो एक छोरी भएको र यसमा आफूलाई गर्व भएको बताइन् । नायिकाले आफू विवाहित नभएको तर विवाह गर्न चाहेको बताइन् ।हालै भारतीय मिडिया नवभारत टाइम्सलाई दिएको अन्तरवार्तामा उनले यो वर्षको अगस्टमा आफ्नी छोरी तीन वर्ष पूरा हुने बताएकी छिन् । यो कुरा किन लुकाएर राखेको भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई यसबारे कसैले पनि सोधेनन्, त्यसैले मैले पनि कहिले बताइनँ । अहिले मानिसहरुले यसबारे सोधिरहेका छन् र मैले उत्तर दिइरहेकी छु । ’

यसका साथै उनले आफू सिंगल नभएको बताएकी छिन् । प्रेमीबारे जानकारी दिँदै उनले भनिन्, ‘उनी गोवामा व्यापार गर्छन् । त्यसकारण म धेरैजसो गोवा आवतजावत गरिरहन्छु ।उनकी छोरी मुम्बईमा उनीसँगै बस्ने र छोरीको हेरविचार उनकी काकीले गर्ने गरेको बताइन् ।विवाहको योजनाबारे प्रश्न सोध्दा उनले भनिन्, ‘विवाह किन गर्नै गर्यो र । सबैकुरा तपाईंको सोच र समयमा निर्भर हुन्छ ।’‘परिवार र बच्चा विवाह नगरीकनै बन्न सक्छन् ।

मलाई लाग्दैन कि यसमा कुनै समस्या छ । विवाह नगरी बच्चा जन्माउनुलाई साधारण रुपमा लिनुपर्छ,’ उनी भन्छिन्, ‘मलाई लाग्छ कि सबैको आ–आफ्नै जीवन हुन्छ र हरेकको आफ्नै सिद्धान्त पनि छ । विवाह निकै सुन्दर छ तर विवाह गर्नु तपाईंको नीजि रोजाई हुनुपर्छ ।’कामको कुरा गर्ने हो भने उनको फिल्म फ्यामिली अफ ठाकुरगञ्ज चाँडै नै रिलिज हुने तयारीमा छ । नायिका आजकाल यो फिल्मको प्रोमोशनमा निकै व्यस्त छिन् । यसबाहेक माही दबंग थ्रीमा पनि देखिनेछिन् । यो फिल्ममा उनीसँग अरबाज खान, सलमान खान र सोनाक्षी सिन्हाको मुख्य भूमिका हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करौडौ बौधलम्बी र हिन्दूलम्बीलाई दुखी बनाउने यो तस्बिर…
करौडौ बौधलम्बी र हिन्दूलम्बीलाई दुखी बनाउने यो तस्बिर…
नेपालले निकाल्ला लगातार दुई जित अफगानिस्तान विरुद्ध ?
नेपालले निकाल्ला लगातार दुई जित अफगानिस्तान विरुद्ध ?
राष्ट्रपति भण्डारी न्यूयोर्क प्रस्थान
राष्ट्रपति भण्डारी न्यूयोर्क प्रस्थान
बंगलादेशमा बालगोपाल महर्जन?कसरी खेलाउछन टीम लाई
बंगलादेशमा बालगोपाल महर्जन?कसरी खेलाउछन टीम लाई
सन्दर्भ चौथो संविधान दिवस : संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक
सन्दर्भ चौथो संविधान दिवस : संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक
मासु काटमार गर्ने र किन्नेलाई ५० हजार जरिवाना, सुराकीलाई १५ हजार इनाम
मासु काटमार गर्ने र किन्नेलाई ५० हजार जरिवाना, सुराकीलाई १५ हजार इनाम
सुटिङमा साच्चै सेक्स गरिएका १२ चलचित्र
सुटिङमा साच्चै सेक्स गरिएका १२ चलचित्र
दिगो लक्ष्यका लागि नेपाल सही बाटो हिडेकोमा युएनको प्रशंसा
दिगो लक्ष्यका लागि नेपाल सही बाटो हिडेकोमा युएनको प्रशंसा
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
भाग्दै गरेका ललितपुर– १ बाट निर्वाचित सांसद सिलवालले यसरी हाने व्यंग्य