सामान्य कुलोबाटै बिजुली उत्पादन

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सामान्य कुलोबाटै बिजुली उत्पादन

सारांश

  • पोखराको बिरौटोमा रहेको राममन्दिरनजिकै सानो नहर छ ।
  • सो नहरमा मात्र ५७ किलो तौलको डाइनामोजडित सानो मेसिन राख्नासाथ डाइनामो घुमिहाल्यो ।
  • सो डाइनामो घुम्दाघुम्दै राममन्दिर क्षेत्र उज्यालो बनिहाल्यो ।

पोखराको बिरौटोमा रहेको राममन्दिरनजिकै सानो नहर छ । सो नहरमा मात्र ५७ किलो तौलको डाइनामोजडित सानो मेसिन राख्नासाथ डाइनामो घुमिहाल्यो । सो डाइनामो घुम्दाघुम्दै राममन्दिर क्षेत्र उज्यालो बनिहाल्यो । जापानी नागरिक नोरियो किकुजीको नवीनतम खोजको उपज हो, ‘काप्पा’मार्फत यो सम्भव भएको हो । अक्सफोर्ड विश्वविद्यालयबाट अध्ययन गरिआएका किकुजीले बनाएको यो मेसिनबाट विद्युत् उत्पादन गर्न जलाशय वा कुनै उच्च बाँध चाहिँदैन । सामान्य बगेको कुलोमा ‘काप्पा’ राख्न कुनै दक्ष प्राविधिक पनि चाहिँदैन । विद्युतीकरण नभएको नेपालका दूरदराज क्षेत्रमा खेर गइरहेको पानीबाट २ सय वाटसम्म बिजुली उत्पादन गर्न यो प्रविधि निकै उपयोगी हुने उनको भनाइ छ ।

नेपाल सरकार, जनसंख्या तथा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, जापानिज सहयोग नियोग (जाइका), पोखरा उद्योग वाणिज्य संघ तथा इवेसेईको संयुक्त पहलमा राममन्दिर प्रांगणमा पिको हाइड्रोपावर जेनेरेटर (काप्पा)को प्रथम प्रदर्शनीमा यसको परीक्षण गरिएको हो । ‘सन् २०११ तिर जापानमा गएको भूकम्पले ऊर्जा आपूर्तिमा समस्या भएपछि मैले सानो कुलोबाट आफूलाई आवश्यक पर्ने ऊर्जा उत्पादनको कल्पना गरेँ,’ नोरियो किकुजीले भने, ‘यो प्रविधि नेपालजस्तो ऊर्जा संकट झेलिरहेको देशका लागि आवश्यक ठानेर यहाँ परीक्षण गरिएको हो ।’

करिब २० लाख लागतमा निर्मित डाइनामोसहितको मेसिन नेपालको हिमाली क्षेत्रमा उपयोगी हुने उनको भनाइ छ । जापानिज सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा सञ्चालित यो परियोजनाअन्तर्गत पोखराको राममन्दिरसहित भारती भवन उच्च मावि तथा मादी गाउँपालिका–९ स्थित चण्डिका प्राविमा यो प्रविधि हस्तान्तरण हुने प्रवद्र्धनमा सघाएको पोखरा उद्योग वाणिज्य संघ उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।

जाइकाका आवासीय प्रतिनिधि जुन साकुमाले खेर गइरहेको साना कुलोबाट उत्पादित बिजुलीले हिमाली राज्य नेपालको ग्रामीण क्षेत्रको जीवनस्तर सुधारको लक्ष्य लिएको बताए । निर्माण कम्पनी इवेसेईले नेपाली कच्चापदार्थ प्रयोग गरी कमभन्दा कम लागतमा यो मेसिन नेपालमै उत्पादन गर्ने लक्ष्य लिएको छ । नेपालमै निर्माण हुँदा यसको लागत ४ लाख रुपैयाँको हाराहारीमा हुन सक्ने उनको अनुमान छ ।

निर्माण कम्पनाी इवेसेईका अध्यक्ष किकुजीले काप्पाजस्तै प्लास्टिकको बोतलजत्रो साइजमा रहेको डेढ मिटर उचाइ भएको सानो झरनामा राख्न सकिने ‘किग्यो’ प्रविधि पनि नेपालको ग्रामीण भेगमा प्रवद्र्धन गर्ने योजना अगाडि सारेका छन् ।

(https://bolivarescapes.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधनका कुनै पनि बुँदा पारित हुन नदिने :एमाले
संविधान संशोधनका कुनै पनि बुँदा पारित हुन नदिने :एमाले
अपांगता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड
अपांगता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड
बालुवाटार बैठक- टीआरसी विधेयकबारे छलफल, हिउँदे अधिवेशनबाट टुंग्याउन गृहकार्य
बालुवाटार बैठक- टीआरसी विधेयकबारे छलफल, हिउँदे अधिवेशनबाट टुंग्याउन गृहकार्य
हेर्नुहोस् प्रचण्डको प्रतिबद्धता ,अब माडीलाई मणि बनाउने
हेर्नुहोस् प्रचण्डको प्रतिबद्धता ,अब माडीलाई मणि बनाउने
मकवानपुरगढी घुम्नेको सङ्ख्या दैनिक एक हजार
मकवानपुरगढी घुम्नेको सङ्ख्या दैनिक एक हजार
संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था:  सुरेन्द्र पाण्डे
संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था: सुरेन्द्र पाण्डे
कोरोनाका दश हजार बिरामी थपिए
कोरोनाका दश हजार बिरामी थपिए
पर्यटकको पर्खाइमा काहँु धरहरा
पर्यटकको पर्खाइमा काहँु धरहरा
‘इन्टु मिन्टु लण्डनमा’ अघिअघि !
‘इन्टु मिन्टु लण्डनमा’ अघिअघि !
घोराही उपमहानगरको प्रगतिः फोहर व्यवस्थापनदेखि सौर्य ऊर्जा उत्पादनसम्म
घोराही उपमहानगरको प्रगतिः फोहर व्यवस्थापनदेखि सौर्य ऊर्जा उत्पादनसम्म

तपाईंले छुटाउनुभयो कि?