एमाले उम्मेद्वार विश्वकर्माको गाडी तोडफोड !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
२६ पटक हेरिएको
Shares
एमाले उम्मेद्वार विश्वकर्माको गाडी तोडफोड !

सारांश

  • आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभाकाे निर्वाचनका उम्मेद्वारकाे गाडी अज्ञात समूहले तोडफोड गरेका छ ।
  •  कास्की निर्वाचन क्षेत्र नम्बर ३ का   संयुक्त वाम गठबन्धका एमाले उम्मेद्वार जगत विश्वकर्माको गाडी अज्ञात समूहले तोडफोड गरेको हो ।
  • एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका विश्वकर्माले  चुनाव प्रचारप्रसारका लागि प्रयाेग गर्दै आएको हरियो प्लेटकोे ग १ य ७२८ नम्बरको स्कारपियो जिप मंगलबार राती करिब सवा १० बजेतिर तोडफोड भएकाे थियाे ।

आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभाकाे निर्वाचनका उम्मेद्वारकाे गाडी अज्ञात समूहले तोडफोड गरेका छ । कास्की निर्वाचन क्षेत्र नम्बर ३ का   संयुक्त वाम गठबन्धका एमाले उम्मेद्वार जगत विश्वकर्माको गाडी अज्ञात समूहले तोडफोड गरेको हो ।

एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका विश्वकर्माले  चुनाव प्रचारप्रसारका लागि प्रयाेग गर्दै आएको हरियो प्लेटकोे ग १ य ७२८ नम्बरको स्कारपियो जिप मंगलबार राती करिब सवा १० बजेतिर तोडफोड भएकाे थियाे । निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गरिएको उक्त गाडीको तोडफोडबाट पछाडिको शिशा फुटेको बिश्वकर्माले बताए । उनले भने, ‘चुनावका लागि घरदैलो गरेर आएका हामी साथीहरुसगै खाना खान थकाली भान्छा घरमा गएका थियौं । करिव ४० मिनेटपछि खाना खाएर बाहिर निस्कदा त गाडी फोडिएको देखे ।’

विश्वकर्माले गाडी कस्ले र किन फोर्यो भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न नसकेको बताए ।  कास्की प्रहरीले यसबारे अनुसनधान सुरु भएको प्रतिक्रिया दियो । पोखराको व्यस्त बजारमा उम्मेद्वारको गाडी तोडफोडकाे  घटनाले  कास्कीमा सुरक्षा चुनाैती थपिएकाे उम्मेदवार विश्वकर्माले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकारमाथि धम्कीका घटनाप्रति आमसञ्चार प्राधिकरणको ध्यानाकर्षण
पत्रकारमाथि धम्कीका घटनाप्रति आमसञ्चार प्राधिकरणको ध्यानाकर्षण
धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा,अत्यावश्यक सेवाबाहेक अन्य बन्द
धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा,अत्यावश्यक सेवाबाहेक अन्य बन्द
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा भब्य नागरिक अभिनन्दन
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा भब्य नागरिक अभिनन्दन
आजको मौसमः मुुलुकभर वर्षाकाे संभावना
आजको मौसमः मुुलुकभर वर्षाकाे संभावना
चुरे फेदमा फनपार्क निर्माण तीव्र
चुरे फेदमा फनपार्क निर्माण तीव्र
वाटर एटिएमको प्रयोग बढदो
वाटर एटिएमको प्रयोग बढदो
काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता
काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता
नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी
नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी
प्रहरीमाथि आक्रमण गरी सर्टगन लुट्ने पक्राउ
प्रहरीमाथि आक्रमण गरी सर्टगन लुट्ने पक्राउ
राजधानीमा पर्वतीय फिल्म फेस्टिभलको रौनकता
राजधानीमा पर्वतीय फिल्म फेस्टिभलको रौनकता

तपाईंले छुटाउनुभयो कि?