निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना

सारांश

  • काठमाडौं, ३ साउन ।
  • नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव उजिर मगर दुर्घटनामा परी गम्भीर घाइते भएको खवरले नेपाल पत्रकार महासंघले आफू दुःखी भएको जनाएको छ ।
  • महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका हुन् ।

काठमाडौं, ३ साउन । नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव उजिर मगर दुर्घटनामा परी गम्भीर घाइते भएको खवरले नेपाल पत्रकार महासंघले आफू दुःखी भएको जनाएको छ । महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका हुन् ।

बाग्लुङ सदरमुकामबाट बुर्तिवाङ जाँदै गरेको जीप साउन २ गते साँझ ६ बजे गलकोट नगरपालिका– ९ रिघामा पल्टदा जीपमा सवार निवर्तमान महासचिव मगरसहित १४ जना यात्रु घाइते भएका थिए । दुर्घटनामा निवर्तमान महासचिव मगरको देब्रे हात भाँचिनुका साथै शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

घाइते निवर्तमान महासचिव मगरलाई गलकोटस्थित आरोग्य अस्पतालमा प्राथमिक उपचारपछि अहिले काठमाडौं ल्याई ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । “नेपाल पत्रकार महासंघ घाइते निवर्तमान महासचिव मगरसहित दुर्घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै, घाइते सबैको उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछ”, महासचिव विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rajan Shree

    Get well soon dajju

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?