नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा भब्य नागरिक अभिनन्दन
सारांश
- गाईघाट २,माघ।
- उदयपुर सिमेन्ट उद्योग लि.
- का निवर्तमान महाप्रबन्धक तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक श्री सुरेन्द्र कुमार पौडेल लाई त्रियुगा नगरपालिका गाईघाट उदयपुरको आयोजनामा भब्य नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरीएको छ ।
गाईघाट २,माघ।उदयपुर सिमेन्ट उद्योग लि.का निवर्तमान महाप्रबन्धक तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक श्री सुरेन्द्र कुमार पौडेल लाई त्रियुगा नगरपालिका गाईघाट उदयपुरको आयोजनामा भब्य नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरीएको छ ।
सरकारद्धारा आयल निगमको कार्याकारी निर्देशकमा नियुक्त भएका सुरेन्द कुमार पौडेललाई नगर प्रमुख बलदेव चौधरी, प्रतिनिधि सभा सदस्य मा.सुरेश कुमार राई(हिमाल) ,पुर्ब राज्य मन्त्रि मंजु कुमारी चौधरी प्रदेश न.१ का मा.अम्बिका थापाज्यु लगायत उदयपुर जिल्लाका शिर्षथ नेताहरू,युवा,विद्यार्थी तथा नगरबासी हरुको उपस्थितिमा अभिनन्दन र बिदाई तथा शुभकामना कार्यक्रम गरीएको हो।
आगामी फागुन ११ गतेसम्म उदयपुर सिमेन्टको महाप्रबन्धकमा समयवधी रहेपनि सरकारले पौडललाई नेपाल आयल निगममा नियुक्त गरेको हो । पौडेलले उदयपुर सिमेन्ट छाड्नु भन्दा केही दिन अघिमात्र उद्योग अन्तिम समयमा मेकानिकल ईन्जिनियरिङलाई नै चुनौती दिदै उत्पादन क्षमताभन्दा १६ प्रतिशत अर्थात ९३० मेट्रिक टन सिमेन्ट उत्पादन गर्न सफल भएको थियो । उदयपुर सिमेन्ट उद्योग स्थापना भएयता सधै घाटामा रहेको भएपनि पौडेल जिएम बनेर आएपछि उद्योगलाई नाफामा लैजान सफल भएको थियो । सरकारी उद्योगहरु सधै घाटामा मात्र संचालन हुन्छ भन्ने धारणालाई परिवर्तन गर्न पौडल सफल हुनु भएकोले उदयपुरे जनताको तर्फबाट निवर्तमान महाप्रबन्धक लाई नागरिक अभिनन्दन गरीएको हो ।
कार्यकारी निर्देशक पौडेलले उदयपुरे जनताको माया र प्रेरणाको कारण नै आफु आयल निगम पुग्न सफल भएको बताए । ‘सरकारले मलाई विश्वास गरेर पहिले उदयपुर सिमेन्ट उद्योग जिम्मा दियो ।’ कार्यकारी निर्देशक पौडेलले भने ‘अहिले फेरी आयल निगमको जिम्मेवारी दिएको छ, यसलाई म राष्टहीत र जनताको सेवामा खर्च गर्न प्रतिबद्ध छु ।’ उद्योग सुधार गर्न उद्योग कर्मचारी, यूनियन, पत्रकार सबैको भुमिका रहेकाले यसको श्रेय सबैले लिनु पर्ने कार्यकारी निर्देशक पौडेलको भनाई थियो ।
आजै बिहान भएको अर्को कार्यक्रम त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले पनी उदयपुर सिमेन्ट उद्योगका सफल महाप्रबन्धक पौडेल आयल नियगमा नियुक्त भएकोमा बधाई दिएको थियो। बाणिज्य संघको गाईघाट स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि कार्यकारी निर्देशकलाई सम्मान गरिएको थियो । उद्योग ट्रेड युनियन नेपाल, अखिल नेपाल औद्योगिक मजदुर संघ, नेपाल कारखाना श्रमिक संघ उसिउली र सनराइज बैंक जलजले शाखाले पनी निर्वतमान महाप्रबन्धक पौडेललाई विदाई को कार्यक्रम गरेको थियो।
प्रतिक्रिया