नेता मदन अमात्यले गरे आर्थिक समृद्धिका योजना सार्वजनिक, चुनाव जित्ने दावि !
सारांश
- ललितपुर प्रतिनीधिसभासभा क्षेत्र नम्बर तिनबाट उम्मेद्वार बनेका निवर्तमान सांसद मदन अमात्यले मुलुकको आर्थिक समृद्धिका लागि पाँच बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
- बिहीबार सानेपा स्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निवर्तमान सांसद अमात्यले मुलुकको आर्थिक समृद्धिका लागि पाँच बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
- अमात्यले ५ बर्षभित्र ललितपुरका सबै सडक कालोपत्रे गर्ने, जिल्लालाई खानेपानी समस्या रहित जिल्ला बनाउने, मुलुकमा विभिन्न समयमा गएको भुकम्पका कारण क्षति भएका भौतिक संरचनाहरु निर्माण गर्ने, जिल्लालाई सफा, सुन्दर र शान्त शहर बनाउने तथा विश्वमै चिनाउनका लागि ललितपुरलाई नमूना जिल्लाको रुपमा स्थापित गराउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका हुन् ।
ललितपुर प्रतिनीधिसभासभा क्षेत्र नम्बर तिनबाट उम्मेद्वार बनेका निवर्तमान सांसद मदन अमात्यले मुलुकको आर्थिक समृद्धिका लागि पाँच बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् । बिहीबार सानेपा स्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निवर्तमान सांसद अमात्यले मुलुकको आर्थिक समृद्धिका लागि पाँच बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
अमात्यले ५ बर्षभित्र ललितपुरका सबै सडक कालोपत्रे गर्ने, जिल्लालाई खानेपानी समस्या रहित जिल्ला बनाउने, मुलुकमा विभिन्न समयमा गएको भुकम्पका कारण क्षति भएका भौतिक संरचनाहरु निर्माण गर्ने, जिल्लालाई सफा, सुन्दर र शान्त शहर बनाउने तथा विश्वमै चिनाउनका लागि ललितपुरलाई नमूना जिल्लाको रुपमा स्थापित गराउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका हुन् । ‘मेचल्चीको पानीले ललितपुरलाई धान्न सक्दैन’ पत्रकारहरुसँग कुराकानीको क्रममा अमात्यले भने– ‘म जनतालाई झुठो आश्वासन दिन चाहान्न, मैले जिते जिल्लामा खानेपानीको समस्या सधैका लागि हराउछ ।’ पछिल्लो समय व्यवसायका लागि राजनीति गर्ने परिपाठी बढेको भन्दै अमात्यले आफूले जिते मुलुकको समृद्धिका लागि सधै समाजसेवामा लाग्ने प्रतिवद्धता समेत जनाए ।
‘ललितपुरका ५० प्रतिशत स्थानीय तह बैंकिङ पहुँच बाहिर छन्, ललितपुरका जनतालाई बैंकको पहुँचभित्र ल्याउने योजना छैन् ?’ भन्ने मध्यान्ह राष्ट्रिय दैनिकको प्रश्नमा निवर्तमान सांसद अमात्यले भने– ‘बैंकमा अहिले ठूलाबडाको मात्रै पहूँच छ, अब आर्थिक कारोबार पारदर्शीताका लागि बैंकमा सबैको पहुँच पु¥याउन म लागि पर्नेछु ।’ बैंकका केहि सञ्चालक नै ठगी धन्दामा लाग्ने गरेको समाचार विभिन्न समयमा प्रकाशन हुने गरेको भन्दै बैंकिङ क्षेत्रलाई थप पारदर्शी बनाउनु पर्ने अमात्यको भनाई थियो ।
निवर्तमान सांसद अमात्य नेपाली कांग्रेसका तर्फबाट ललितपुर क्षेत्र नम्बर तिनमा प्रतिनीधिसभा सदस्यका उम्मेद्वार बनेका हुन् । उनी ललितपुर कांग्रेसको सभापति समेत हुन् । उनले पत्रकारहरु सँगको कुराकानीका क्रममा निर्वाचन आयोगले तोकेको खर्चको सिमा भन्दा बढी खर्च नगर्ने बताएका छन् ।
प्रतिक्रिया