माइतीघर मण्डलामा नागरिकताविहीनहरुकोे प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०८०
|
|
१९ पटक हेरिएको
Shares
माइतीघर मण्डलामा नागरिकताविहीनहरुकोे प्रदर्शन

सारांश

  • काठमाडौं ।
  • आज मंगलवार माइतीघर मण्डलमा नागरिकताविहीन संघर्ष समितिले आन्दोलन गरेको छ ।
  • वर्षाैँदेखि विभिन्न कारणले नागरिकता नपाएका नागरिकता विहीनहरुले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

काठमाडौं । आज मंगलवार माइतीघर मण्डलमा नागरिकताविहीन संघर्ष समितिले आन्दोलन गरेको छ । वर्षाैँदेखि विभिन्न कारणले नागरिकता नपाएका नागरिकता विहीनहरुले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ९ महिनादेखि अलपत्र परेको नागरिकता विधेयक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि प्रमाणीकरण गरेका थिए ।

सर्वोच्च अदालतले अल्पकालीन आदेश दिँदै उक्त विधेयक कार्यान्वयनमा रोक लगाएपछि आफुहरुलाई अनागरिक बनाएको भन्दै नागरिकताबिहीन संघर्ष समितिले आज सर्वोच्च अदालतको उक्त फैसलाबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

उनीहरूले अनागरिक बनाउन पाइँदैन, सर्वोच्च न्याय दे लगायतका नारासहित प्रदर्शन गरेका थिए ।

आन्दोलनका क्रममा मोरङका एकजना युवाले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास समेत गरेका थिए । आत्मदाहको प्रयास लगत्तै उनलाई प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पु¥याएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?