मिस टुरिजम–२०१७ को उपाधी आरती थापालाई

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
३८ पटक हेरिएको
Shares
मिस टुरिजम–२०१७ को उपाधी आरती थापालाई

सारांश

  • काठमाडौं ।
  • मिस टुरिजम २०१७ को उपाधी पोखराकी आरती थापाले जितेकी छिन् ।
  • शुक्रबार भएको फाईनलमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्यले सोधेका अबको दश वर्षपछि नेपालको पर्यटन उद्योग कस्तो अवस्थामा हुनेछ भन्ने प्रश्नको उत्तर दिएर आरतीले मिस टुरिजम–२०१७ को उपाधी जितेकी हुन् ।

काठमाडौं । मिस टुरिजम २०१७ को उपाधी पोखराकी आरती थापाले जितेकी छिन् । शुक्रबार भएको फाईनलमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्यले सोधेका अबको दश वर्षपछि नेपालको पर्यटन उद्योग कस्तो अवस्थामा हुनेछ भन्ने प्रश्नको उत्तर दिएर आरतीले मिस टुरिजम–२०१७ को उपाधी जितेकी हुन् ।

थापाले मिस पब्लिक च्वाईसको उपाधि पनि पाईन् । थापालाई मिस टुरिजम–२०१६ ओरुसा थापाले ताज लगाइदिईन भने नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटा, अर्थबाउण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राजन सिंखडा र प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले नगद पचास हजारसहितका पुरस्कार हस्तान्तरण गरे ।

त्यसैगरी मिस पर्सनालिटी र मिस स्माईलसहित मिस टुरिजम फस्ट रनर अपको उपाधी काठमाडौंकी क्रिस्टिना श्रेष्ठले जितिन् । त्यस्तै मिस फिगर र मिस फोटोजेनिकसहित सेकेण्ड रनर अपरको उपाधी एन्जि लामाले जितिन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले क्रमशः नगद तीस र बिस हजार प्राप्त गरे ।

त्यस्तै मिस वाक पल्लवी सुवाल, मिस डिसिप्लिन रोमा खड्का, मिस ईन्टेलिजेन्ट सुजाता लामा, मिस ट्यालेन्ट रोशनी गौतम र मिस फ्रेण्डसिपको उपाधी युना राईले जितिन् ।

कार्यक्रममा बोल्दै मिस टुरिजम–२०१७ को आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले मिस टुरिजमको आयोजना गरिएको बताए ।

फाईनलमा निर्णायकको भूमिकामा नाट्टाका अध्यक्ष मधुसुदन आचार्य, भिटोफका अध्यक्ष रामप्रसाद सापकोटा, टानका वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, टानका पूर्व महासचिव सागर पाण्डे, नेपाल योग एशोशियसनका महासचिव राजन सिंखडा, पूर्वमिस नेपाल सुगरिका केसी, नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङ र पर्यटनविद् लेखनाथ भण्डारी रहेका थिए ।

(www.sweet-factory.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था
खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था
नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
लम्साललाई टानको अध्यक्षको उम्मेदवार बनाएकोमा सर्वत्र स्वागत
लम्साललाई टानको अध्यक्षको उम्मेदवार बनाएकोमा सर्वत्र स्वागत
कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा
कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा
न्युयोर्कमा हमला गर्ने आफ्ना सैनिक– आइएस, आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ– राष्ट्रपति ट्रम्प
न्युयोर्कमा हमला गर्ने आफ्ना सैनिक– आइएस, आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ– राष्ट्रपति ट्रम्प
भानु जयन्तीका अवसरमा सार्वजनिक बिदा
भानु जयन्तीका अवसरमा सार्वजनिक बिदा
घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यमा काठमाडौँ १९औँ स्थानमा
घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यमा काठमाडौँ १९औँ स्थानमा
काँग्रेसका नेता स्वर्गीय खड्काको अस्तु सुनसरी खोलामा
काँग्रेसका नेता स्वर्गीय खड्काको अस्तु सुनसरी खोलामा
मंसिर २८ गते शनिबारको राशिफल यस्तो छ
मंसिर २८ गते शनिबारको राशिफल यस्तो छ
ओलीलाई मोदीले राजदूत मार्फत चिठी पठाएर भने ‘स्वागत गर्न आतुर छु’
ओलीलाई मोदीले राजदूत मार्फत चिठी पठाएर भने ‘स्वागत गर्न आतुर छु’

तपाईंले छुटाउनुभयो कि?