सातामा लगानीकर्ताले गुमाए ७२ अर्ब

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
५५ पटक हेरिएको
Shares
सातामा लगानीकर्ताले गुमाए ७२ अर्ब

सारांश

  • गत साता लगानीकर्ताको सम्पत्ति रू.
  • ७२ अर्ब ६ करोड घटेको छ ।
  • पहिलो त्रैमासको वित्तीय विवरण आएपछि उकालो लाग्ने आशा गरिएको नेप्से गत साता पनि बढ्न सकेन ।

गत साता लगानीकर्ताको सम्पत्ति रू. ७२ अर्ब ६ करोड घटेको छ । पहिलो त्रैमासको वित्तीय विवरण आएपछि उकालो लाग्ने आशा गरिएको नेप्से गत साता पनि बढ्न सकेन । लगानीकर्ताको आशाविपरीत वित्तीय विवरण आएपछि उनीहरूको मनोबल घटेको छ । अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीहरूको नाफा तुलनात्मक रूपमा कम देखिएको छ । वित्तीय विवरणले निराश लगानीकर्तालाई गत साता नेप्से अनलाइन प्रणालीमा आउन अझै समय लाग्ने कुराले झन् निराश बनायो । कात्तिक २१ गतेदेखि नेप्से अनलाइन प्रणालीमा आउने घोषणाअनुरूप कार्य नभएपछि लगानीकर्ताको मनोबल घटेको छ । निराश लगानीकर्ताले सेयर बिक्री गर्न थालेपछि गत साता नेप्सेमा सेयर बिक्री चाप बढेको छ ।

गत साता १ सय ७९ कम्पनीको २९ हजार १३ पटकको कारोबारमा रू. २ अर्ब ५२ करोड ६४ लाख ९० हजारबराबरको ६० लाख ५९ हजार ५ सय ४० कित्ता सेयर खरिद–बिक्री भएको छ । अघिल्लो साताको तुलनामा गत साताको कारोबार रकम १२ दशमलव ४७ प्रतिशत बढेको छ । अघिल्लो साता १ सय ८१ कम्पनीका २२ हजार ८ सय ८२ पटकको कारोबारबाट २ अर्ब २४ करोड ६२ लाख ९७ हजार रुपैयाँबराबरको ६२ लाख ६६ हजार ४ सय ५० कित्ता सेयर खरिद–बिक्री भएको थियो । अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ५ सय २२ दशमलव ८१ बिन्दुमा बन्द भएको बजार गत साताको बिहीबार १ हजार ४ सय ६० दशमलव ७३ बिन्दुमा बन्द भएको छ । परिसूचक पहिलो दिनको तुलनामा ३५ दशमलव ७३ अंक घटेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ७ दशमलव ४१ अंक घटेर ३ सय ६ दशमलव ७९ बिन्दुमा पुगेको छ ।

गत साता कारोबारमा आएको उत्पादनमूलक समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । कारोबारमा आएको उत्पादनमूलक समूहको परिसूचक २ दशमलव ४५ अंक बढेको छ । बिमा समूहको परिसूचक सर्वाधिक २ सय ६१ दशमलव १६ अंक घटेको छ भने होटेल समूहको १ सय २६ दशमलव ५६ अंक घटेको छ । त्यसैगरी, विकास बैंक समूहको परिसूचक ५१ दशमलव ७२ अंक, वाणिज्य बैंक समूहको ३० दशमलव ७६ अंक, जलविद्युत् समूहको २२ दशमलव २३ अंक, वित्त समूहको १३ दशमलव ८३ अंक, ‘अन्य’ समूहको ७ दशमलव ८१ अंक र व्यापार समूहको ७ दशमलव १८ अंक घटेको छ ।

गत साता नेप्सेमा ५ कम्पनीका कुल ३ करोड २९ लाख ४ हजार ५ सय ७३ दशमलव ७६ कित्ता सेयर सूचीकृत भएका छन् । सो साता रिलायबल माइक्रोफाइनान्सले २ लाख ८२ हजार ५ सय, एभरेष्ट बैंकले १ करोड ५० लाख ८८ हजार ८७ कित्ता, हाम्रो विकास बैंकले ८० हजार ७ सय ७० दशमलव ७६ कित्ता र सेन्चुरी बैंकले १ करोड ७० लाख २४ हजार ३ सय ८१ कित्ता हकप्रद सेयर सूचीकृत गरेका छन् । त्यसैगरी, मिसन डेभलपमेन्ट बैंकले ४ लाख २८ हजार ८ सय ३५ कित्ता बोनस सेयर सूचीकृत गरेको छ ।

गत साता कारोबार रकमका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड अगाडि रहेको छ भने सेयर संख्याका आधारमा प्रभु बैंक अगाडि रहेको छ । कारोबार संख्याका आधारमा भने नेपाल ग्रामीण विकास बैंक अगाडि रहेको छ । सो साता स्ट्यान्डर्डको ११ करोड ५६ लाखबराबरको सेयर खरिद–बिक्री भएको छ । प्रभु बैंकको १ लाख ७७ हजार कित्ता सेयर कारोबार भएको छ भने नेपाल ग्रामीणको २ हजार ७ सय ९५ पटक कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जारी गोर्खाल्याण्ड आन्दोलनमा भाजपाको मौनतावारे विभिन्न अडलवाजीहरु शुरु
जारी गोर्खाल्याण्ड आन्दोलनमा भाजपाको मौनतावारे विभिन्न अडलवाजीहरु शुरु
प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जानजाति आयोग वार्षिक प्रतिवेदन पेश
प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जानजाति आयोग वार्षिक प्रतिवेदन पेश
भारतीय गृहमन्त्री सिंहको घोषणा : ‘लोकसभाको निर्वाचनपछि मात्रै ईपिजीको प्रतिवेदन बुझ्छौं’
भारतीय गृहमन्त्री सिंहको घोषणा : ‘लोकसभाको निर्वाचनपछि मात्रै ईपिजीको प्रतिवेदन बुझ्छौं’
पति विदेश, बच्चा जन्माएर मारेको भन्दै आमा पक्राउ
पति विदेश, बच्चा जन्माएर मारेको भन्दै आमा पक्राउ
भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा बम विस्फोट
भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा बम विस्फोट
वालुवाटारको जग्गा हडप्ने सुवेदी र ढकाललाई चिन्नु भएको छ ?
वालुवाटारको जग्गा हडप्ने सुवेदी र ढकाललाई चिन्नु भएको छ ?
करोडौं भिसा शुल्क मिनाहा तयारी
करोडौं भिसा शुल्क मिनाहा तयारी
एकिकरण टुंग्याउन नेकपामा कार्यदल गठन
एकिकरण टुंग्याउन नेकपामा कार्यदल गठन
साढे ३३ किलो सुन तस्करी प्रकरण: समितिको अनुसन्धान नै पुर्वाग्राही,  हाकिम कायस्थलाई किन संरक्षण ?
साढे ३३ किलो सुन तस्करी प्रकरण: समितिको अनुसन्धान नै पुर्वाग्राही, हाकिम कायस्थलाई किन संरक्षण ?
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो