पति विदेश, बच्चा जन्माएर मारेको भन्दै आमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
४४ पटक हेरिएको
Shares
पति विदेश, बच्चा जन्माएर मारेको भन्दै आमा पक्राउ

सारांश

  • नुवाकोट ।
  • आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ ।
  • शनिबार शिशु जन्माएर आफैले हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नुवाकोट । आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ ।

शनिबार शिशु जन्माएर आफैले हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको शिशुको शव रहेको स्थानको घटनास्थल मुचुल्का, उनीसँगको प्रारम्भिक अनुसन्धान, घरपरिवार र स्थानीयवासीले दिएको सूचनाको आधारमा ज्यान मुद्दा अभियोगमा कारबाहीको लागि शनिबार साँझ तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

शिशुको शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ । पक्राउ परेकी महिलाको श्रीमान विजय तामाङ रोजगारीको सिलसिलामा २९ महिना साउदी बसेर एक महिनाअघिमात्र नेपाल फर्किएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरका अनुसार घटनामा संलग्न रहेका परपुरुषको पनि पहिचान भइसकेकाले उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“रातको कुरा”मा दिएको कामुक दृश्यबारे मुख खोलिन् प्रियङ्काले
“रातको कुरा”मा दिएको कामुक दृश्यबारे मुख खोलिन् प्रियङ्काले
संविधानको रक्षाका लागि गठबन्धनमा मत : नेता सिंह
संविधानको रक्षाका लागि गठबन्धनमा मत : नेता सिंह
केकीलाई देखेर कलाकारको दम बढेपछि !
केकीलाई देखेर कलाकारको दम बढेपछि !
पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै ज्ञापनपत्र पेस
पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै ज्ञापनपत्र पेस
राजपाको विद्रोह गर्ने चेतावनी
राजपाको विद्रोह गर्ने चेतावनी
कांग्रेसले कहाँ कसलाई दियो टिकट ?
कांग्रेसले कहाँ कसलाई दियो टिकट ?
विद्यार्थीको सङ्ख्या बढाउने लोभमा नभएका सुविधाको प्रचारप्रसार
विद्यार्थीको सङ्ख्या बढाउने लोभमा नभएका सुविधाको प्रचारप्रसार
काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय २८ जना कोरोना संक्रमित थपिए
मेयरका उम्मेदवार डा. कृष्ण पौडेलको योजना : पाँच बर्षभित्र जीतपुर सिमरा बन्छ देशकै उत्कृष्ट उपमहानगर
मेयरका उम्मेदवार डा. कृष्ण पौडेलको योजना : पाँच बर्षभित्र जीतपुर सिमरा बन्छ देशकै उत्कृष्ट उपमहानगर
छायाङ्कनदेखि नै चर्चामा रहेको रुपै मोहनीले बनायो यस्तो नयाँ रेकर्ड [भिडियोसहित]
छायाङ्कनदेखि नै चर्चामा रहेको रुपै मोहनीले बनायो यस्तो नयाँ रेकर्ड [भिडियोसहित]