सोमबारदेखि नारायणगढ–मुग्लिन सडक रोक्दै काम गर्दै गरिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
सोमबारदेखि नारायणगढ–मुग्लिन सडक रोक्दै काम गर्दै गरिने

सारांश

  • नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने भनिए पनि उच्च सवारी चापका कारण सोमबारदेखि मात्र भित्तो काट्ने काम गरिने भएको छ ।
  • सो सडकको सेतीदोभानमा ठूलो ढुंगा झर्ने अवस्थामा पुगेपछि शनिबार बिहान १० बजेदेखि राति ९ः ३० बजेसम्म सवारी रोकेर ढुंगो खसाल्ने काम गरिएको थियो ।
  • नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार झण्डै ३० घनमिटरको उक्त ढुंगा फोर्न कठिन भएपछि शनिबार रातिदेखि एकतर्फी मात्र सवारी सञ्चालनमा आएका छन् ।

नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने भनिए पनि उच्च सवारी चापका कारण सोमबारदेखि मात्र भित्तो काट्ने काम गरिने भएको छ ।

सो सडकको सेतीदोभानमा ठूलो ढुंगा झर्ने अवस्थामा पुगेपछि शनिबार बिहान १० बजेदेखि राति ९ः ३० बजेसम्म सवारी रोकेर ढुंगो खसाल्ने काम गरिएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार झण्डै ३० घनमिटरको उक्त ढुंगा फोर्न कठिन भएपछि शनिबार रातिदेखि एकतर्फी मात्र सवारी सञ्चालनमा आएका छन् ।
दिनभरको सवारी चापका कारण आजदेखि भित्तो काट्ने काम कठिन भएको उहाँले बताउनुभयो । सो ढुंगा फोरेर दुईतर्फी सवारी आवागमन गराइएपछि मात्र भित्तो काट्ने काम शुरु गरिने बताइएको छ ।

आज दिनभरमा ब्रेकरले ढुंगा फोरेर सडक दुईतर्फी सञ्चालन गर्ने योजना छ । सोमबारदेखि सवारी रोक्दै भित्तो काट्दै गरिने उहाँले बताउनुभयो । वर्षात् र चाडपर्वको समय परेका कारण झण्डै दुई महिना यतादेखि भित्तो काट्ने काम रोकिएको थियो ।

गत भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँंदै आएको थियो । त्यसअघि दिनको समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको छ । सोअनुसार बिहान ७ देखि ८ः३० बजेसम्म, बिहान ११ देखि मध्याह्न १२ बजेसम्म, अपराह्न १ देखि २ बजेसम्म र अपराह्न ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने सहमति गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्दिया क्षेत्र नम्बर १ मा वाममा बामदेव बलिया, प्रदेशसभा ‘क’ मा पनि वाम अगाडि
बर्दिया क्षेत्र नम्बर १ मा वाममा बामदेव बलिया, प्रदेशसभा ‘क’ मा पनि वाम अगाडि
कानून अभावमा निर्वाचन रोकिँदैनः कानूनमन्त्री
कानून अभावमा निर्वाचन रोकिँदैनः कानूनमन्त्री
सिसुवा पहिरोमा चारको जीवितै उद्धार,हराइरहेकाको पहिचान
सिसुवा पहिरोमा चारको जीवितै उद्धार,हराइरहेकाको पहिचान
सय दिनमा सांस्कृतिक संस्थानमा नसोचेको परिवर्तन हुन्छः महाप्रबन्धक राई
सय दिनमा सांस्कृतिक संस्थानमा नसोचेको परिवर्तन हुन्छः महाप्रबन्धक राई
माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्टको उत्पादन सुरु हुने
माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्टको उत्पादन सुरु हुने
इजरेल र प्यालेस्टाइनद्वारा बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय
इजरेल र प्यालेस्टाइनद्वारा बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय
महानगरका भित्री भागमा आगलागीको जोखिम
महानगरका भित्री भागमा आगलागीको जोखिम
टिकट खोसिएपछि कांग्रेसका पुराना नेतालेे पार्टी छाडे
टिकट खोसिएपछि कांग्रेसका पुराना नेतालेे पार्टी छाडे
डा सोमलाल सुवेदीको एसियाली विकास बैंकको जागिर चट् !
डा सोमलाल सुवेदीको एसियाली विकास बैंकको जागिर चट् !
काठमाडौंमा एकैदिन १०१७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंमा एकैदिन १०१७ जनामा कोरोना संक्रमण पुष्टि

तपाईंले छुटाउनुभयो कि?