कांग्रेस कार्यकर्ता फकाउने दाहालकाे यस्ताे काइदा!
सारांश
- भरतपुर।
- पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिपीको समाजवाद भुलेर कांग्रेसको प्रगति नहुने बताएका छन्।
- चितवनको गीतानगरमा आयोजित संयुक्त बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले बिपीको समाजवाद र गिरिजाप्रसाद कोइरालाको शान्ति प्रक्रियाप्रतिको निष्ठालाई अपमान गरेर कांग्रेसको प्रगति हुन नसक्ने बताएका हुन्।
भरतपुर। पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिपीको समाजवाद भुलेर कांग्रेसको प्रगति नहुने बताएका छन्।
चितवनको गीतानगरमा आयोजित संयुक्त बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले बिपीको समाजवाद र गिरिजाप्रसाद कोइरालाको शान्ति प्रक्रियाप्रतिको निष्ठालाई अपमान गरेर कांग्रेसको प्रगति हुन नसक्ने बताएका हुन्।
राप्रपा प्रजातान्त्रिकसँग चुनावी तालमेल गरेकोप्रति संकेत गदै उनले गणतन्त्रको बिरोधहरुसँग कांग्रेसले गठबन्धन गरेर बिपीको समाजवाद भुलेको बताए। समाजवादको मुल सिद्धान्तबाट पार्टी विचलित हुँदै गइरहेको दाहालकाे भनाइ थियो। दाहालले भने, ‘म तपाईहरुलाई सुझाव दिन चाहन्छु । बिपीको समाजवादतिर जानुस् । गीरिजा बाबूको शान्ति सम्झौतातिरै जानुस्।’
चितवनको राप्रपा प्रजातान्त्रिक माओवादीमा बिलय भइसकेकाले समयमै सोच विचार गरी मतदान गर्न उनले आग्रह गरे।
दाहालले भने, ‘तर कतिपय नेपाली काग्रेसका साथीहरुले बिपीले सेन्टिमेन्टमा आएर समाजवाद भन्यो भन्न थाल्नुभएको छ । यसले कांग्रेसलाई राम्रो गर्दैन । पाटीको सिद्धान्त मिल्नेहरुसँग पाटी एकता गर्नुहोस्, देशलाई एकताको खाँचो छ, कांग्रेस पनि शक्तिशाली होस् । अनि, शक्तिशाली कम्युनिष्ट र कांग्रेसबीच स्वस्थ प्रतिस्पर्धा गरौं।’
Jhum Thapa
Puspeharko din ayo
Raju Bhandari
प्रचण्डले ले फकाउदा कुनै पनि काङ्ग्रेस फकिने वाला छैनन किन भने प्रचन्डे मुजि काङ्ग्रेस होइन
Chola Kant
Asta fuddu tw can Nepal ma keko pragati hunthyo Nepal ma.nepali hau bhanna pni laj mardo.desh ko pramukh neta lai bole ko tehi ho?naitik sudhara vai.
Shiva Bhandari
Vote for panday.
Avisek Sharma
Tero haar nischit xa
Chola Kant
Kangreshi haru swarthi .dalali .garib mara .fataha hunxan tw yo Karan le prachanda gali garxan.
Bimal Baniya
Xori kasle jitayo aab pande