पैसा बाँडन आए खोसेर निर्वाचन आयोगमा बुजाउछौ-पूर्व मन्त्री महेश बस्नेत
सारांश
- १ मंसिर भक्तपुर, एमाले नेता एवं भक्तपुर २ नं क्षेत्रको बाम गठबंधनका उम्मेदवार महेश बस्नेतले चुनावको बेलामा कसैले बिदेशीको चाकडी गरेर ल्याएको कालो धन भक्तपुरका मतदातालाई बाँड्न आउन सक्छन साबधानिका साथ हेर्नू पर्दछ र परिआए खोसेर निर्वाचन आयोगलाई बुझाउन तयार हुनुपर्दछ।
- काँक्रो चोरले अफू काँक्रो चोरेर खाने बियाँ अरुको मुखमा टासेर दोस लाएको जस्तो आज दमन नाथ एमालेले पैसा बाँडदैछ भनेर प्रोपोगाण्डा गर्दैछ।
- दमननाथ भक्तपुरमा मतदाताबाट बाट बहिस्कृत भएपछि प्रोपोगन्डा बाट चुनाव जित्ने तयारीमा लागेका छन ।
१ मंसिर भक्तपुर, एमाले नेता एवं भक्तपुर २ नं क्षेत्रको बाम गठबंधनका उम्मेदवार महेश बस्नेतले चुनावको बेलामा कसैले बिदेशीको चाकडी गरेर ल्याएको कालो धन भक्तपुरका मतदातालाई बाँड्न आउन सक्छन साबधानिका साथ हेर्नू पर्दछ र परिआए खोसेर निर्वाचन आयोगलाई बुझाउन तयार हुनुपर्दछ। काँक्रो चोरले अफू काँक्रो चोरेर खाने बियाँ अरुको मुखमा टासेर दोस लाएको जस्तो आज दमन नाथ एमालेले पैसा बाँडदैछ भनेर प्रोपोगाण्डा गर्दैछ।
दमननाथ भक्तपुरमा मतदाताबाट बाट बहिस्कृत भएपछि प्रोपोगन्डा बाट चुनाव जित्ने तयारीमा लागेका छन ।कहिले बामगठबंधन भक्तपुरमा टुट्यो भन्छन त कहिले नेमकिपाले सहयोग गर्दैछ भन्ने हल्ला गर्दैछन। यस्ता बिषयले कांग्रेस हारको मानसिकतामा छ ।एमालेको जित पक्का छ भन्ने बुजिन्छ। मध्यपुर थिमी नगरमा सयुक्त बाम गठबंधनको भेला बोल्दै उनले यो कुरा बताएकाछन। भेलामा माओवादी जिल्ला उपाध्यक्ष उर्मिला श्रेष्ठले निर्वाचनको नोमिनेसनको बेला केहे समस्या देखिएको भएको भएता पनि हाल आएर हामी एक ढिक्का भएर चुनावी मैदानमा उत्रिएका छौ। प्रदेश शभा उम्मेदवार राजेन्द्र मान श्रेष्ठले मध्यपुरको समग्र बिकासको लागि र बहुमत प्रप्त हुने तीन नम्बर प्रदेशमा एमालेको जीत गराउन आबास्यक छ।
मेरो भुमिका मध्यपुरको बिकासमा प्रदेश सरकारको बजेट प्रसस्त ल्याउन सहयोगी हहुनेछ। मध्यपुरका प्रमुख मदन सुन्दर श्रेष्ठले आफ्नो कार्यकालमा गरेको कामको व्याख्या गर्नु भयो।
Nabin Thakuri
Haha haha kasle badne Bhaktapur 2 ma paisa ? Natra ma pani aaunu paryo mahesh g
Krishna Bhatta
Paisa hune gundasanga ho.arule k paisa badne ?
Shyam Fayal
Mahes ji janata hasaune kura nagarnuna.