पहिलो अपाङ्गतामैत्री सामुदायिक पुस्तकालय सम्पन्न
सारांश
- काठमाडौं, १४ वैशाख ।
- दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नम्बर–३ मा रहेको गौरीशंकर सामुुदायिक पुस्तकालय तथा स्रोत केन्द्र दोलखाको अपाङ्गतामैत्री बहुप्रकोप प्रतिरोधात्मक पुस्तकालय भवनको निमार्ण कार्य सम्पन्न भएको छ ।
- उद्घाटनको लागि पुस्तकालय भवन बेहुलिझैँ सिँगारिदैछ ।
काठमाडौं, १४ वैशाख । दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नम्बर–३ मा रहेको गौरीशंकर सामुुदायिक पुस्तकालय तथा स्रोत केन्द्र दोलखाको अपाङ्गतामैत्री बहुप्रकोप प्रतिरोधात्मक पुस्तकालय भवनको निमार्ण कार्य सम्पन्न भएको छ । उद्घाटनको लागि पुस्तकालय भवन बेहुलिझैँ सिँगारिदैछ ।
रिड नेपाल र एएसबी नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा सामुदायिक पुस्तकालयमार्फत अपाङ्गतामैत्री विपद् जोखिम न्यूनिकरण परियोजना अन्तर्गत निमार्ण भएको उक्त पुस्तकालय नेपालकै पहिलो बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय भवन भएको रिड नेपालका परियोजना प्रबन्धक प्रकाशप्रसाद पोखरेलले जानकारी दिए ।
नवनिर्मित भवनमा विभिन्न पुस्तकालयमा महिला कक्ष, बाल कक्ष, युवा कक्ष, सुचना प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष, पुस्तकालय कक्ष, विपद् जोखिम न्यूनिकरण कक्ष र सभा कक्ष गरी ९ वटा कक्ष र चार वटा पहुँचयुक्त शौचालय रहको छ ।

सबै कक्षमा सबै किसिमका अपाङ्गता भएका व्यक्तिको पहुँच रहने र सबै कक्षमा सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरुले समेत पुस्तकालयको सेवा प्रयोग गर्न सकिने पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बस्नेतले बताए ।
भवन निर्माणको लागि प्राविधिक सहयोग बाहेक ३ करोड ६२ लाख ८० हजार १ सय २४ रुपैयाँ बजेट रहेको उक्त परियोजनामा २ करोड ७८ लाखमा साथै २५ लाख प्राविधिक लागतसहित ३ करोडभन्दा बढी लागत रहेको सुविधा सम्पन्न र पहुँचयुक्त सामुदायिक पुस्तकालय भवन बनाउनको लागि रहेको छ भने बाँकी रकमबाट समुदायको व्यक्तिहरुको अपाङ्गता, समावेशी विपद् जोखिम न्यूनिकरण सम्वन्धि, कृषि, पशु, महिला स्वास्थ्य र पढ्ने बानीको विकास, जीविकोपार्जन सम्वन्धि सीप तालिम जस्ता कार्यक्रम भएको साथै पुस्तकालयको कक्ष व्यवस्थापन र सजावटको लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु खरिद र जडान कार्य समेत सम्पन्न भएको रिड नेपालका परियोजनाको फिल्ड संयोजक रविन्द्र श्रेष्ठ जानकारी दिए ।

२०७५ वैशाख १८ गतेका दिन पुस्तकालय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा एएसबीका एसिया कार्यक्रम संयोजक मार्टिन कुंशटमानबाट समुद्घाटन गरिने साथै स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुति र स्थानिय लोक संस्कृति प्रर्दशन देखाइने व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बस्नेतले जानकारी दिए ।
विगत २०६० सालदेखि सञ्चालनमा आएको पुस्तकालय भवन २०७२ सालको भूकम्पले क्षति भएपछि पुन निर्माण गरिएको हो । भूकम्पका कारणले पुस्तकालय भवन क्षति भएका निराश भएका युवा, बालबालिका र स्थानीय निकायहरु पुस्तकालयको पुन निर्माण बाहिर जति सुन्दर छ, भित्र कक्ष पनि उति नै सुन्दर रहेको पुस्तकालय व्यवस्थापन तालिममा सहभागिहरुले बताए ।
प्रतिक्रिया