विश्वकप क्रिकेट : जित्नै पर्ने दबाबमा पाकिस्तान र दक्षिण अफ्रिका

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ८, २०७६
|
|
४२ पटक हेरिएको
Shares
विश्वकप क्रिकेट : जित्नै पर्ने दबाबमा पाकिस्तान र दक्षिण अफ्रिका

सारांश

  • एजेन्सी ।
  • विश्वपक क्रिकेट अनतर्गत आज एक मात्र खेल हुनेछ।
  • नेपाली समयअनुसार दिउसो ३ः१५ मा सुरु हुने खेलमा दुई कमजोर टोली दक्षिण अफ्रिका र पाकिस्तान मैदानमा उत्रनेछन्लण्डनस्थित लर्ड्स मैदानमा हुने खेलमा आज दुवै टोलीलाई जित्नै पर्ने बाध्यता रहेको छ।

एजेन्सी । विश्वपक क्रिकेट अनतर्गत आज एक मात्र खेल हुनेछ। नेपाली समयअनुसार दिउसो ३ः१५ मा सुरु हुने खेलमा दुई कमजोर टोली दक्षिण अफ्रिका र पाकिस्तान मैदानमा उत्रनेछन्लण्डनस्थित लर्ड्स मैदानमा हुने खेलमा आज दुवै टोलीलाई जित्नै पर्ने बाध्यता रहेको छ। त्यसैले आजको खेलपनि रोमांचक हुने आशा गरिएको छ। जारी विश्वकपमा यी दुवै टोलीको स्तर कमजोर देखिएको छ र खुवै टोलीले सुरुवात देखि नै लय गुमाएका छन्। जारी विश्वकपमा पाँच खेल खेलिसकेको पाकिस्ताले एक जित, तीन हार र एक अनिर्णित नतिजा निकालेको छ ।पाकिस्तानले तीन अंक बनाएको छ । पाकिस्तान आइतबार छैटौं खेल खेल्दै छ ।पाकिस्तानको बलियो पक्ष भनेको तीव्र गतिका बलर हो ।

विश्वकपको सेमिफाइनल यात्रा जीवित राख्न पाकिस्तानलाई आइतबार दक्षिण अफ्रिकालाई हराउनुपर्ने बाध्यता छ।जारी विश्वकपमा पनि दक्षिण अफ्रिका त्यति जम्न सकेको छैन । दक्षिण अफ्रिका आइतबार सातौं खेल खेल्दै छ । ६ खेल खेलिसकेको दक्षिण अफ्रिकाले एक खेल जितेको छ । चार खेलमा पराजित भएको दक्षिण अफ्रिकाले वर्षाका कारण एक खेल अनिर्णित रूपमा जित बुझाएको थियो । ६ खेलबाट तीन अंक बनाएको दक्षिण अफ्रिकालाई अगाडि बढ्न अबको खेल जित्नैपर्ने अवस्था छ ।पाकिस्तान विश्वकपको उपाधि चुमिसकेको टोली हो । पाकिस्तानले सन् १९९२ मा एक पटक मात्र विश्वकपको उपाधि जितेको थियो । यसैगरी दक्षिण अफ्रिका सन् १९९२ पछि मात्र विश्वकपमा सहभागी भएको हो ।

दक्षिण अफ्रिका भने विश्वकपमा सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।पाकिस्तान र दक्षिण अफ्रिकाबीच यसअघि भएको भिडन्तमा दक्षिण अफ्रिका बलियो देखिएको छ । एकदिवसीयमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा यी दुई टोली ७८ पटक भिडेका छन् । दक्षिण अफ्रिकाले ५० खेल जितेको छ । पाकिस्तानले २७ खेल जितेको छ । एक खेल अनिर्णित भएको छ । विश्वकप क्रिकेटमा यी दुई टोलीले चार पटक खेलेका छन् ।तीन खेल दक्षिण अफ्रिकाले जितेको छ । पाकिस्तानले एक खेल मात्र जितेको छ । यस विश्वकपमा दुवै टोलीको स्तर उस्तै देखिएको छ । तालिकामा समेत तीन तीन अंक रहेकाले यी दुई टोलीको खेल प्रतिस्पर्धात्मक हुने निश्चित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?