दाहालको निधनप्रति राप्रपाबाट दुःख व्यक्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
दाहालको निधनप्रति राप्रपाबाट दुःख व्यक्त

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ ।
  • पार्टीका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा सगरमाथा आरोहणीसमेत रहनुभएका दाहालको आज बिहान हृदयाघातका कारण भएको निधनमा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।
  • अध्यक्ष प्रचण्डलाई राजनीतिलगायत विषयमा आवश्यक सल्लाह सुझाव दिने उक्त पार्टीका नेता प्रकाशको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा सगरमाथा आरोहणीसमेत रहनुभएका दाहालको आज बिहान हृदयाघातका कारण भएको निधनमा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।

अध्यक्ष प्रचण्डलाई राजनीतिलगायत विषयमा आवश्यक सल्लाह सुझाव दिने उक्त पार्टीका नेता प्रकाशको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ । यसअघि पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले पनि ट्विटरमार्फत उहाँको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
यसैगरी राप्रपा(प्रजातान्त्रिक)ले दाहालको निधनमा दुःख व्यक्त गरेको छ । पार्टीका महामन्त्री राजाराम श्रेष्ठले विज्ञप्ति जारी गर्दै दाहालको निधनले आफ्नो पार्टी स्तब्ध रहेको जनाउनुभएको छ ।
यस्तै एकीकृत राप्रपा(राष्ट्रवादी)ले पनि शोकसंतप्न परिवारप्रति समवेदना व्यक्त गरेको छ । पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले उहाँको निधनले असल राजनीतिकर्मीको अभाव खट्कने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हात्तीहरुको वनभोज आयोजना हुँदै, यस्तो छ तयारी ?
हात्तीहरुको वनभोज आयोजना हुँदै, यस्तो छ तयारी ?
देउवा बन्लान् त संसदीय दलको नेता: आज उम्मेदवारी, भोलि मतदान
देउवा बन्लान् त संसदीय दलको नेता: आज उम्मेदवारी, भोलि मतदान
निर्मला पन्त प्रकरण:  एसपी  बिष्ट र भट्टलाई बर्खास्त गरिएकाे हल्ला किन फिजाइयाे ?
निर्मला पन्त प्रकरण: एसपी बिष्ट र भट्टलाई बर्खास्त गरिएकाे हल्ला किन फिजाइयाे ?
यी महिला सैनिक साँच्चै भारतीय हुन्? वास्ताविकता यस्तो
यी महिला सैनिक साँच्चै भारतीय हुन्? वास्ताविकता यस्तो
विश्वकै पुरानो वेभक्याम बन्द गरिदै, २५ वर्षदेखि निरन्तर चलिरहेको थियो
विश्वकै पुरानो वेभक्याम बन्द गरिदै, २५ वर्षदेखि निरन्तर चलिरहेको थियो
मन्त्रीलाई लिएर जोरपाटी सडकमा पुगे माधव नेपाल, अनुगमन हल्ला नगरि गर्न स्थानियबासीकाे सुझाव
मन्त्रीलाई लिएर जोरपाटी सडकमा पुगे माधव नेपाल, अनुगमन हल्ला नगरि गर्न स्थानियबासीकाे सुझाव
आयाक्सविरुद्ध बराबरीमा रोकियो युभेन्टस
आयाक्सविरुद्ध बराबरीमा रोकियो युभेन्टस
बालबालिकालाई छुटेको खोप लगाइँदै
बालबालिकालाई छुटेको खोप लगाइँदै
एमालेका कार्यकर्ताको हत्याको योजना बनेको छ : संयोजक मण्डल
एमालेका कार्यकर्ताको हत्याको योजना बनेको छ : संयोजक मण्डल
गायिका जेरुसा राई बेपत्ता, खोजतलास गर्न परिवारको आग्रह
गायिका जेरुसा राई बेपत्ता, खोजतलास गर्न परिवारको आग्रह

तपाईंले छुटाउनुभयो कि?