निर्मला पन्त प्रकरण: एसपी बिष्ट र भट्टलाई बर्खास्त गरिएकाे हल्ला किन फिजाइयाे ?
सारांश
- काठमाडौं, ९ कात्तिक ।
- निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको र प्रमाण नष्ट गरेको आरोपमा गृह मन्त्रालयले निलम्बनमा रहेका एसपी डिल्लिराज बिष्ट र जगदिश भट्टलाई प्रहरी सेवाबाट हटाउने निर्णय गरेको छ ।
- प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बिहीबार यस्तो निर्णय गरेका हुन् ।
काठमाडौं, ९ कात्तिक । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको र प्रमाण नष्ट गरेको आरोपमा गृह मन्त्रालयले निलम्बनमा रहेका एसपी डिल्लिराज बिष्ट र जगदिश भट्टलाई प्रहरी सेवाबाट हटाउने निर्णय गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बिहीबार यस्तो निर्णय गरेका हुन् । उनीहरुको बर्खास्त गरिएको भनेर प्रचार गरेपनि सेवाबाट ‘हटाइएको‘ हो । कुनै कसुर प्रमाणित भएको अवस्थामा मात्र ‘बर्खास्त’ गर्न मिल्छ ।
चरम लापरबाही गरेको, गैर व्यवसायिक तथा गैरजिम्मेवार व्यवहार गरी पालना गर्नुपर्ने अनुसन्धानका सामान्य कानूनी व्यवस्था समेतपालना नभएको, तत्काल प्रहरीबाट अनिवार्य रुपमा गर्नुपर्ने खोजतलास तथा अनुसन्धानमा चरम लापरबाही गरेकाले सेवाबाट हटाउने निर्णय गरिएको गृह मन्त्रालयको बिज्ञप्तीमा उल्लेख छ । त्यस्तै बलात्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्न सक्ने वस्तु र भित्री वस्त्रहरू पानीमा चोपलेको तथा बस्त्र नै लोप भएको, गुप्ताङ्ग र तिघ्रा पखालेको आरोप उनीहरूमाथि छ । तत्काल नेपालमा नरहेका मृतकको बाबुको दस्तखत गराइएको, मृतकको शव अन्तेष्टि गर्न पीडित परिवारलाई प्रभाव, दबाब र धम्की दिइएको तथा आन्दोलनमा अत्याधिक बल प्रयोग गरेको आरोपसमेत लगाइएको छ । दृस्टि साप्ताहिकका अनुसार सेवाबाट हटाउनुअघि उनीहरूलाई दुई पटक स्पष्टिकरणको मौका दिइएको थियो । तर, चित्तबुझ्दो जवाफ नआएपछिसेवाबाट हटाइएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले बताए । आफ्नो पदीय जिम्मेवारीमा लापरबाही गरी पुरा नगरेर सेवाबाटै हटाउन सक्ने व्यवस्था प्रहरी नियमावली २०७१ नियम ११३ को उपनियम १ मा छ । सेवाबाट हटाइएका इन्स्पेक्टर भट्टलाई प्रहरी गणभित्र राखिएको छ ।
दुवै अदालत जाने
विष्ट र भट्ट भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त भएका हुन् । उनीहरूले जागिर गुमाएपनि पेन्सन पाउनेछन् । सेवाबाट हटाइएका दुवै प्रहरीले आफुहरूमाथि अन्याय भएको भन्दै अदालत जाने बताएका छन् । इन्चार्जका रुपमा उनीहरूलाई प्रमुख जिम्मेवार ठहर गरी सेवाबाट हटाउने निर्णय गरिएको हो । घटनाको बेला इन्सपेक्टर भट्ट वडा प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत थिए । अन्य प्रहरीको हकमा पनि विभागीय कारबाहीको तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया