पुरानै स्वरुपमा फर्कियो सौराहा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
३४ पटक हेरिएको
Shares
पुरानै स्वरुपमा फर्कियो सौराहा

सारांश

  • रत्ननगर, चितवन, ७ मंसिर : राप्ती नदीको बाढीले बगर बनाएको सौराहाका पब तथा रेस्टुरेस्टहरु पुरानै स्वरुपमा फर्किएका छन् ।
  • साँझको समयमा सूर्यास्त हेर्दै रमाउन पर्यटक जमघट हुने सौराहाको राप्ती किनार गएको साउन २८ गतेको बाढीले बगर बनाएको थियो ।
  • करिब तीन महिनाको प्रयासमा बगर सुन्दर पर्यटकीय नगरीको पुरानै स्वरुपमा फर्किएको बताउनुहुन्छ, रेस्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (क्षेत्रीय रेवान)का अध्यक्ष गोकर्ण गिरी ।

रत्ननगर, चितवन, ७ मंसिर : राप्ती नदीको बाढीले बगर बनाएको सौराहाका पब तथा रेस्टुरेस्टहरु पुरानै स्वरुपमा फर्किएका छन् ।

साँझको समयमा सूर्यास्त हेर्दै रमाउन पर्यटक जमघट हुने सौराहाको राप्ती किनार गएको साउन २८ गतेको बाढीले बगर बनाएको थियो ।

करिब तीन महिनाको प्रयासमा बगर सुन्दर पर्यटकीय नगरीको पुरानै स्वरुपमा फर्किएको बताउनुहुन्छ, रेस्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (क्षेत्रीय रेवान)का अध्यक्ष गोकर्ण गिरी । अहिले नदी पब तथा रेष्टुरेष्टहरु सबै नयाँ बनेका छन् ।

पर्यटक बस्ने र रमाउने किनार सजिएको छ । राप्तीको ड्यामबाट हेर्दा आकर्षक बनेको छ भने तस्वीर र सेल्फीमा पर्यटक रमाउने गरेका छन् । बगर बनेका झण्डै एक दर्जन रेस्टुरेन्टमा करोडौँको लगानी गरिएको रेवान सौराहाले जनाएको छ ।

गत साउन २८ गते राति आएको बाढीले समग्र सौराहालाई नै प्रभावित बनाएको थियो । त्यसमध्ये कतिपय होटलले एक सातादेखि नै सेवा शुरु गरेका थिए तर राप्ती किनार भने बगर बनेकाले पुरानै स्वरुपमा ल्याउन समय लागेको हो ।

“पर्यटकका लागि सबै सेवा शुरु भइसकेको छ”, सौराहाबीच रेस्टुरेन्टका सञ्चालक बलराम दाहालले भन्नुभयो, “रेस्टुरेन्ट पुरानै स्वरुपमा ल्याउन झण्डै रु ५३ लाख खर्चनुप¥यो ।” उहाँका अनुसार किनारका पर्यटकीय क्षेत्रको पुनः निर्माणका लागि झण्डै रु तीन करोड खर्चनु परेको छ ।

सौराहामा बढी पर्यटकीय चहलपहल हुने राप्ती किनार हो । साँझ यहाँ आएर पर्यटकले किनारको मजा लिने र रमाइलो गर्ने, सूर्यास्तको मजा लिँदै चिसो हावामा रमाउँछन् । मीठा परिकारसहित जमघटमा रमाउनु यहाँको विशेषता हो ।

नदीपारि चितवन निकुञ्ज भएकाले बेलाबेलामा जंगली जनावर पानी खान राप्ती आउँदा सहजै देख्न सकिन्छ । गैँडा, चित्तल, गोही दैनिक देखिन्छ । राप्ती किनार सौराहाको गहनाका रुपमा रहेको पर्यटन व्यवसायी जीतु तामाङ बताउनुहुन्छ । त्यसैले हरेक होटलमा बस्ने पर्यटकको साँझको रोजाइ राप्ती किनार हुन्छ ।

पर्यटक आउने भएकाले व्यवसायीले पनि किनारलाई सजिसजाउ र झकिझकाउ बनाएर आकर्षक पार्ने गरेका छन् । बाढीले सौराहा बिच रेस्टुरेन्ट, राप्ती बिच रेस्टुरेन्ट, सन्सेट भ्यू रेस्टुरेन्ट, राप्ती रेस्टुरेन्ट, सेन्ट्रल बिच, टपटेन रेस्टुरेन्ट, टिफिन हाउस रेस्टुरेण्ट र रिभर बिच रेस्टुरेण्टलाई बगर बनाएको छ ।

रत्ननगर नगरपालिका–६ का वडाध्यक्षसमेत रहनुभएका पर्यटन व्यवसायी बलराम दाहाल विभिन्न क्षेत्रका बाँध नाघेर बाढी आउँदा पर्यटकको मौसममा हेर्दाहेर्दा पवहरु बगर हुँदा करोडौँको घाटा भएको बताउनुहुन्छ ।

बाढीले होटलमा करिब रु १५ करोडको क्षति भएको क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनाल बताउनुहुन्छ । रेस्टुरेन्ट व्यवसायको मात्रै रु पाँच करोड ४१ लाखको क्षति भएको बताउनुहुन्छ, क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी । जसमा ४३ वटा रेस्टुरेन्ट छन् । यहाँ करिब ६० रेस्टुरेन्ट र ११० होटल सञ्चालनमा छन् ।

दैनिक दुई हजार ८०० पर्यटक बस्न सक्ने क्षमता सौराहामा छ । हात्ती, सफारी, जिप सफारी, डुंगा सफारी गर्ने, अनि चितवन निकुञ्जका गैँडा, बाघलगायत वन्यजन्तु अवलोकनका लागि पर्यटक लालायित हुने पर्यटन व्यवसायी शिरलाल परियारको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा ऐनको नवौं संशोधनको विरोधमा शिक्षक सेवा आयोगमा तालाबन्दी
शिक्षा ऐनको नवौं संशोधनको विरोधमा शिक्षक सेवा आयोगमा तालाबन्दी
अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी
अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी
विजया दशमी २०८१: टीकाको साइत कुन देशमा कतिबेला छ ?
विजया दशमी २०८१: टीकाको साइत कुन देशमा कतिबेला छ ?
सिसडोलबासीले फोहोरको गाडीलाई अवरोध नगर्ने
सिसडोलबासीले फोहोरको गाडीलाई अवरोध नगर्ने
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने
मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने
सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए
सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए
How To Get Your Ex Back Into Wanting You ! Most Effective Way To Get Your Ex Back.
How To Get Your Ex Back Into Wanting You ! Most Effective Way To Get Your Ex Back.
तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री
तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री
दुई युरोपेलि शक्तिशाली टिमको भिडन्त ,ईतिहास कस्को बलियो?
दुई युरोपेलि शक्तिशाली टिमको भिडन्त ,ईतिहास कस्को बलियो?

तपाईंले छुटाउनुभयो कि?