पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ५, २०७३
|
|
३६५ पटक हेरिएको
Shares
पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा

सारांश

  • पूर्व राज्यमन्त्री टेकनारायण राजवंशीसहित छ जनाले राप्रपा परित्यागको घोषणा गरेका छन् ।
  • पार्टीप्रति असन्तुष्टि जनाउँदै राप्रपाका पूर्व केन्द्रस्य सदस्य राजवंशीसहित ६ जनाले पार्टी परित्याग गरेका हुन् ।
  • राजवंशीसहित निता शर्मा श्रेष्ठ, माधव कल्पित, बृहस्पति पाण्डे, श्रवण साह, रेवती पोखरेलले साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।

पूर्व राज्यमन्त्री टेकनारायण राजवंशीसहित छ जनाले राप्रपा परित्यागको घोषणा गरेका छन् । पार्टीप्रति असन्तुष्टि जनाउँदै राप्रपाका पूर्व केन्द्रस्य सदस्य राजवंशीसहित ६ जनाले पार्टी परित्याग गरेका हुन् ।


राजवंशीसहित निता शर्मा श्रेष्ठ, माधव कल्पित, बृहस्पति पाण्डे, श्रवण साह, रेवती पोखरेलले साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् । राजवंशी पूर्व श्रम तथा यातायात व्यवस्था सहायक राज्यमन्त्री हुन् । त्यस्तै कल्पित सांस्कृतिक विभागका प्रमुख हुन् ।

लामो समयसम्म आफूहरु राष्ट्र, राष्ट्रिय र स्वाधिनताको पक्षमा काम गर्दै आए पनि पार्टीको भावना नीति विपरित काम अघि बढेको भन्दै आफूहरुले राजीनामा दिएको उनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?