रोल्पामा ५२ प्रतिशत मत खस्यो, थवाङमा ३० प्रतिशत मात्रै
सारांश
- रोल्पा, मंसिर १०– रोल्पामा ५२ प्रतिशत मत खसेको छ ।
- जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र ५२ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिनुभयो ।
- तर रोल्पाकै थबाङमा भने ३० प्रतिशत मात्रै मत खसेको छ ।
रोल्पा, मंसिर १०– रोल्पामा ५२ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र ५२ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिनुभयो ।
तर रोल्पाकै थबाङमा भने ३० प्रतिशत मात्रै मत खसेको छ । निर्वाचन बहिष्कार गर्ने गाउँको रुपमा चिनिएको थवाङमा २ हजार ७ सय ७२ मतदाता रहेकोमा ८ सय २२ मत मात्रै खसेको हो ।
रोल्पामा जम्मा १ लाख २७ हजार ६ सय २९ रहेकोमा झन्डै ६६ हजार मत खसेको अनुमान गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया