कृष्णभीरले जीप पुर्याे !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
कृष्णभीरले जीप पुर्याे !

सारांश

  • काठमाडौं, १८ असार ।
  • धादिङमा पहिराेले जीप पुरीएकाे छ ।
  • पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको हाे ।

काठमाडौं, १८ असार । धादिङमा पहिराेले जीप पुरीएकाे छ ।

पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको हाे ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार लु १ ख २३४३ नम्बर जीप पहिरोले पुरिएको हो । प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकको टोली पनि अहिले घटनास्थलमा पुगेको छ ।

उनका अनुसार जीपको उद्दार गरिएको छ । कुनै मानवीय क्षति समेत भएको छैन ।

‘हामी अगाडि बढ्दै थियौं । माथिबाट माटो खसिरहेको थियो’, जीप चालकको भनाइलार्इ उदृत गर्दै एक उद्दारकर्ताले  भने, ‘त्यसैबीच जीप पुरियो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?