आफ्नै साथी को मोटरसाइकल चोरी गर्ने यादव पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
आफ्नै साथी को मोटरसाइकल चोरी गर्ने यादव पक्राउ

सारांश

  • अस्बिन खड्का, १० असार ।
  •   साथीको मोटरसाइकल चोरी गरी फरार भएका लहान नगरपालिका–१३ का २३ वर्षीय अशेश्वरप्रसाद यादव  पक्राउ परेका छन्।
  • यादवलाई चोरी भएको स९प ८५७२ नम्बरको मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय लहानको एक टोलीले पक्राउ गरेको हो।

अस्बिन खड्का, १० असार ।  साथीको मोटरसाइकल चोरी गरी फरार भएका लहान नगरपालिका–१३ का २३ वर्षीय अशेश्वरप्रसाद यादव  पक्राउ परेका छन्।

यादवलाई चोरी भएको स९प ८५७२ नम्बरको मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय लहानको एक टोलीले पक्राउ गरेको हो। भारतीय सिमावर्ती क्षेत्र बरियारपट्टिबाट यादवलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए।

उनले गत बिहीबार लहानस्थित शहिद चोक नजिकैबाट आफ्नै साथी लहान नगरपालिका–८ निवासी जयप्रकाश महतोको मोटरसाइल चोरी गरेर भागेको प्रहरीले जनाएको छ।

प्रहरीले सोही क्षेत्रबाट बेवारिसे अवस्थामा रहेको स३प ५२२८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?