देश जोगाउन अखिललाई भोट दिनुस : पौडेल

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ९, २०७३
|
|
८२४ पटक हेरिएको
Shares
देश जोगाउन अखिललाई भोट दिनुस : पौडेल

सारांश

नवलपरासी सम्बाद् दाता युवा संघ नेपालका माहासचिब किरण पौडेलले आगामी स्ववियु निर्बाचनमा अनेरास्ववियुलाई मतदान गरि रास्ट्रीय स्वाभिमान र स्वाधिनता का अभियान्ता हरुलाई बिजयी गराउन आग्रह गरका छन् |

नवलपरासी सुनवलमा आयोजित युवा बिधार्थी भेलालाई सम्बोधन गर्दै उनले भने |अहिले चौतर्फी रुपमा मुलुकको रास्ट्रीय स्वाभिमान माथि प्रहार हुदै मुलुकलाई अस्थिरताको कालो बादलले घेरीरहेको अवस्थामा सशक्त आन्दोलन र शंघर्श को माध्यम बाट प्रतिरोध गर्न सक्ने शक्ति अनेरास्ववियु मात्र हो” नेविसंघ प्रति इंगित गर्दै पौडेलले भने “यहा लाचार र निरिह बिधार्थी संगठन हरु को कमि छैन जो आफ्नै सांसद र नेताहरु ले देश टुक्राउने धम्कि दिदा समेत एक शब्द बोल्न सक्दैनन् भने कतिपय बिधार्थी संगठन आफ्नो पार्टीले मुलुकको अर्थ नीति , विदेश निति सुरक्ष्या नीति सारा भारतलाई  सुम्पिदा २ शब्द बिज्ञप्ति लेख्ने हिम्मत गर्दैनन्|”

यसै गरि भेलालाई सम्बोधन गर्दै रास्ट्रीय युवा परिषदका उपाध्यक्ष्य माधब ढुंगेलले अनेरास्ववियु आन्दोलनको बाघ भएकोले रास्ट्रीय हित र सार्बभौमसत्ता जोगाइराख्नका लागि पनि देशव्यापी रुपमा अखिलको जित अपरिहार्य रहेको उल्लेख गरे | २०६१ साल देखि हुन नसकिरहेको स्ववियु निर्बाचन यही १८ गते सम्पन्न हुदैछ |

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?