वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ: प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
१३
|
१९ पटक हेरिएको
Shares
वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ: प्रचण्ड

सारांश

  • १४ मंसिर, चितवन ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब बन्ने वामपन्थीको शक्तिशाली सरकारले मात्र नेपाली जनताको विकासको चाहना पूरा गर्ने बताएका छन् ।
  • चितवन क्षेत्र नं ३ को झनझनेमा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनपछि बन्ने वामपन्थीको सरकारले विकासको गतिलाई तीव्रता दिने बताए ।

१४ मंसिर, चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब बन्ने वामपन्थीको शक्तिशाली सरकारले मात्र नेपाली जनताको विकासको चाहना पूरा गर्ने बताएका छन् ।

चितवन क्षेत्र नं ३ को झनझनेमा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनपछि बन्ने वामपन्थीको सरकारले विकासको गतिलाई तीव्रता दिने बताए ।

अहिलेसम्म भएका अस्थिर सरकारले देशको विकास गर्न नसकेको भन्दै उनले अब बन्ने स्थिर सरकारबाट मात्रै जनताको चाहना पूरा हुने बताए ।

निर्वाचनपछि वामपन्थीको सरकार बन्न दुनियाको कुनै तागतले रोक्न नसक्ने उनको दाबी थियो । निर्वाचनको समयमा काँग्रेसका कार्यकर्ताले समेत आफूलाई मत हाल्ने विश्वास व्यक्त गर्दै प्रचण्डले भने “केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर मात्र विकास सम्भव छ ।”

उनले निर्वाचन जितेर गएपछि चितवन देशकै नमूना बनाउने संकल्प गरे । एक वर्षमा जिल्लाका मुख्य सडक उच्चस्तरीय कालोपत्र गर्ने, पाँच वर्षभित्रमा सबै शाखा बाटोको चाैंडा बनाई कालोपत्र गर्ने, नारायणी र राप्तीमा उच्चस्तरीय तटबन्ध र पर्खालसहितको मेसजालीको काम गरिने, माडी र भरतपुर रिङरोड निर्माण गर्ने उहाँले बताए ।

चितवनलाई पर्यटकीय दृष्टिले दोस्रो स्थानमा ल्याउनका लागि सौराहादेखि जगतपुर हुँदै गोलाघाटसम्म पर्यटन मार्ग बनाउनुपर्ने उनले बताए । चितवनको नवनिर्माण शुरु गर्ने र सिंगो चितवन बनाउने योजना आफूसँग रहेको बताउँदै उनले जिल्लालाई, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको केन्द्र बनाउने बताए ।

निर्वाचनको समयमा पैसा, रक्सी र मासुले निर्वाचन नजितिने भन्दै उनले निर्वाचन जित्न देश विकासका लागि खाका हुनु आवश्यक रहेको बताए ।

जिल्लामा देखिएको सुकुम्बासी, दलित र अल्पसंख्यकको समस्या समाधानका लागि अब बन्ने सरकारको पहिलो बैठकबाट समाधान गर्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया

13 कमेन्ट

    Comment Author

    Nuna Sharma

    Hora hahah

    Comment Author

    Shesha Kant Pandey

    गलत ।

    Comment Author

    Mohan Kayasta

    Doubtful
    You have become PM twice

    Comment Author

    Ramesh Tamang

    Phataha ho.

    Comment Author

    Janaklal Rijal

    भोलि काङ्ग्रेस लाई न गुहार्नी कमरेड

    Comment Author

    Prayag Raj Ranjit

    FATAHA !!

    Comment Author

    Karki Dasharath

    bam barud jantako paisa lutne marne garchh

    Comment Author

    Biplop Dhami

    पहिले बहुमतकोसाथमा जितेर नि उहीँ पारा हो भातेहरुको

    Comment Author

    Narottam Lal Maskey

    Prachandye 2 Maa ku ne 1 babu ram 1 Oli 1 k naapyo?

    Comment Author

    Kamal Paudel

    ARe you too oling?

    Comment Author

    Kanchha Himdung Tmg

    100% dahi ho kamred.

    Comment Author

    Shiv Sharma

    Yadi bam panth ko arth bujhe matra.

    Comment Author

    Kiran Sharma

    Kera jasato kura.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 13
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी हवल्दार मृत अवस्थामा फेला परे….
दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकार विस्तारको तयारी
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
मतदाता परिचयपत्र लिन नपाएकाले अन्य सरकारी कागज देखाएर भोट हाल्न पाउने
मतदाता परिचयपत्र लिन नपाएकाले अन्य सरकारी कागज देखाएर भोट हाल्न पाउने
Milind Soman and Ankita Konwar tie the knot again in Spain, see pics
Milind Soman and Ankita Konwar tie the knot again in Spain, see pics
एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?
एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?
१ नम्बर प्रदेश सरकारका मन्त्रालयहरुको टुंगो लाग्यो, कहाँ कहाँ राख्ने ?
१ नम्बर प्रदेश सरकारका मन्त्रालयहरुको टुंगो लाग्यो, कहाँ कहाँ राख्ने ?
चुनावमा ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च
चुनावमा ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च
बाम गठवन्धन निर्वाचन सम्मका लागि -माओबादि नेता गणेश मान पुन
बाम गठवन्धन निर्वाचन सम्मका लागि -माओबादि नेता गणेश मान पुन
सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा, शीर्ष नेताहरुले सम्बोधन गर्ने
सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा, शीर्ष नेताहरुले सम्बोधन गर्ने

तपाईंले छुटाउनुभयो कि?