रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदै

सारांश

  • गत १० गते भएको पहिलो चरणको निर्वाचनका क्रममा स्थगित भएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनःमतदान हुने भएको छ ।
  • मतपेटिकामा एसिड हालेर मतपत्र जलाएपछि मतदान स्थगित भएको थियो ।
  • मतदान स्थगित भएका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक/एक मतदान केन्द्रमा पुनः मतदानको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

गत १० गते भएको पहिलो चरणको निर्वाचनका क्रममा स्थगित भएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनःमतदान हुने भएको छ ।

मतपेटिकामा एसिड हालेर मतपत्र जलाएपछि मतदान स्थगित भएको थियो । मतदान स्थगित भएका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक/एक मतदान केन्द्रमा पुनः मतदानको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतदानका लागि मतदान अधिकृत लगायतका कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेको बताएको छ । निर्वाचन आयोगले दिएको निर्देशन अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुनः मतदानका लागि कर्मचारी खटाएको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

बाँफीकोट गाउँपालिका– ५, को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ भने आठबिसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिक तर्फको मात्रै मतदान हुने उनले बताए । दुवै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?