कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०८०
|
|
३० पटक हेरिएको
Shares
कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट

सारांश

  • सुर्खेत भेरीगंगा ।
  • सङ्घीय सरकारबाट कर्णालीका स्थानीय तहले झण्डै २७ अर्ब बजेट पाएका छन् ।
  • आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सङ्घीय सरकारले प्रस्तुत गरेको बजेटमा कर्णालीका ७९ वटा स्थानीय तहलाई कुल २६ अर्ब ९७ करोड ९३ लाख बजेट बिनियोजन गरिएको छ ।

सुर्खेत भेरीगंगा । सङ्घीय सरकारबाट कर्णालीका स्थानीय तहले झण्डै २७ अर्ब बजेट पाएका छन् । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सङ्घीय सरकारले प्रस्तुत गरेको बजेटमा कर्णालीका ७९ वटा स्थानीय तहलाई कुल २६ अर्ब ९७ करोड ९३ लाख बजेट बिनियोजन गरिएको छ ।

जिल्लागत रुपमा हेर्दा सुर्खेतका स्थानीय तहले सबैभन्दा बढी बजेट पाएका छन् । सुर्खेतका ९ स्थानीय तहका लागि रु चार अर्ब ८८ करोड ३२ लाख बजेट बिनियोजन गरिएको छ । मुगुका कुल चार स्थानीय तहलाई रु एक अर्ब ३९ करोड ६६ लाख बजेट छुट्याइएको छ ।

सङ्घीय सरकारबाट दैलेखका ११ स्थानीय तहलाई रु तीन अर्ब ७१ करोड ४८ लाख, जाजरकोटका सात स्थानीय तहलाई रु दुई अर्ब ६५ करोड ६५ लाख, कालिकोटका नौ स्थानीय तहलाई रु दुई अर्ब ७५ करोड १३ लाख र हुम्लाका सात स्थानीय तहलाई रु एक अर्ब ७१ करोड बजेट बिनियोजन गरिएको छ ।

साथै जुम्लाका आठ स्थानीय तहलाई रु दुई अर्ब ३७ करोड २२ लाख, डोल्पाका आठ स्थानीय तहलाई रु एक अर्ब ८४ करोड ७१ लाख, सल्यानका १० स्थानीय तहलाई तीन अर्ब ४१ करोड ९३ लाख र रुकुमपश्चिमका छ स्थानीय तहलाई रु दुई अर्ब २२ करोड ६३ लाख बजेट बिनियोजन गरिएको छ ।

सङ्घीय सरकारले समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपुरक अनुदान शीर्षकमा बजेट दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक
प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक
पचास लाख पर्यटक भित्र्याउने पूर्व सञ्चारमन्त्री सापकोटाको उद्घोष
पचास लाख पर्यटक भित्र्याउने पूर्व सञ्चारमन्त्री सापकोटाको उद्घोष
ओली निवास बालकोट पुगे भारतीय राजदूत मन्जिव सिंह पुरी
ओली निवास बालकोट पुगे भारतीय राजदूत मन्जिव सिंह पुरी
राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार
राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार
रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला
रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला
कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने
कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने
बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास
बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास
बाजुराको विकास एकद्वार प्रणालीमा लैजान्छु: जिसस प्रमुख
बाजुराको विकास एकद्वार प्रणालीमा लैजान्छु: जिसस प्रमुख
नेपाल-भारतबीच विकास परियोजनाको कार्यप्रगतिबारे समिक्षा बैठक
नेपाल-भारतबीच विकास परियोजनाको कार्यप्रगतिबारे समिक्षा बैठक
तीन दिनभित्रै पार्टी एकता र सरकारले पूर्णता पाउँछ : पोखरेल
तीन दिनभित्रै पार्टी एकता र सरकारले पूर्णता पाउँछ : पोखरेल

तपाईंले छुटाउनुभयो कि?