अायाेगका कर्मचारि बिरुद्ध अायाेगमै उजुरी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • डोटी, मंसिर १५ –डोटीमा एक मतदान अधिकृतको नियुक्ति रद्द गर्नका लागि निर्वाचन आयोगमा उजुरी परेको छ ।
  • डोटीको भवानीस्थान मावि सैनगाउँ ‘क’ का लागि नियुक्त भएका मतदान अधिकृत चेजराज फुलारा गैरसरकारी संस्थाका कर्मचारी भएको भन्दै उहाँको नियुक्ति रद्द गराई पाउँ भन्दै नेकपा एमाले डोटीले निर्वाचन आयोगमा उजुरी हालेको छ ।
  • पार्टीका कार्यालय सचिव खडकबहादुर कठायतले मतदान अधिकृत चेजराज फुलारा गैरसरकारी संस्था परिवार नियोजन संघ डोटीका प्रमुख भएको र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७४ को परिच्छेद ३ को मर्म र भावना विपरीत देखिएकाले फुलाराको नियुक्ति बदर गर्न एमालेले माग गरेको छ ।

डोटी, मंसिर १५ –डोटीमा एक मतदान अधिकृतको नियुक्ति रद्द गर्नका लागि निर्वाचन आयोगमा उजुरी परेको छ ।

डोटीको भवानीस्थान मावि सैनगाउँ ‘क’ का लागि नियुक्त भएका मतदान अधिकृत चेजराज फुलारा गैरसरकारी संस्थाका कर्मचारी भएको भन्दै उहाँको नियुक्ति रद्द गराई पाउँ भन्दै नेकपा एमाले डोटीले निर्वाचन आयोगमा उजुरी हालेको छ ।

पार्टीका कार्यालय सचिव खडकबहादुर कठायतले मतदान अधिकृत चेजराज फुलारा गैरसरकारी संस्था परिवार नियोजन संघ डोटीका प्रमुख भएको र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७४ को परिच्छेद ३ को मर्म र भावना विपरीत देखिएकाले फुलाराको नियुक्ति बदर गर्न एमालेले माग गरेको छ ।

डोटीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले मतदान अधिकृतहरु नियुक्ति लिएर आ–आफना निर्वाचन क्षेत्रमा खटिएको र भवानीस्थान मावि सैनगाउँ ‘क’ का लागि नियुक्त हुनु भएका मतदान अधिकृत चेजराज फुलाराका विषयमा आफूले केही बोल्न नसक्ने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?