सुकुमवासीलाई अपार्टमेन्टमा राखेर रोजगारीको ग्यारेन्टी गर्नुपर्छ : प्रचण्ड
सारांश
- माओवादी अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकताले ०७ सालपछिकै सबैभन्दा ठूलो तरंग ल्याएको बताएका छन् ।
- वाम गठबन्धन जिताऔँ अभियानले भरतपुरको चोकबजारमा गरेको ‘प्रचण्डसँग नागरिक समाज’ कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिस्ट एउटै भयो भन्नेबित्तिकै नेपालमा मात्र नभई विश्वजगत्मा नै ठूलो तरंग चलेको बताए ।
- उनले भने, ‘०७ सालदेखि यता यस्तो ठूलो तरंग कहिल्यै पैदा भएको थिएन, यो बडो विचित्र छ, यस्तो तरंग न ०४६ सालमा चल्यो, न जनयुद्धको समयमा चल्यो, न जनआन्दोलनमै चल्यो ।
माओवादी अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकताले ०७ सालपछिकै सबैभन्दा ठूलो तरंग ल्याएको बताएका छन् । वाम गठबन्धन जिताऔँ अभियानले भरतपुरको चोकबजारमा गरेको ‘प्रचण्डसँग नागरिक समाज’ कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिस्ट एउटै भयो भन्नेबित्तिकै नेपालमा मात्र नभई विश्वजगत्मा नै ठूलो तरंग चलेको बताए । उनले भने, ‘०७ सालदेखि यता यस्तो ठूलो तरंग कहिल्यै पैदा भएको थिएन, यो बडो विचित्र छ, यस्तो तरंग न ०४६ सालमा चल्यो, न जनयुद्धको समयमा चल्यो, न जनआन्दोलनमै चल्यो ।’
कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकताले कांग्रेस पनि खुसी हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए । उनले भने, ‘विभाजित शक्ति एकीकृत हुँदा त खुसी हुनुपर्छ, तर कांग्रेस किन खुसी भएन, यो पनि बडो विचित्र छ । बिपी र गिरिजाबाबु अहिले भएदेखि खुसी हुनुहुन्थ्यो ।’
कांग्रेसलाई मिल्न सुझाब
पूर्वप्रधानमन्त्री दाहालले विभाजित कांग्रेसलाई पनि मिल्न सुझाव दिएका छन् । कार्यक्रममा कांग्रेसलाई सुझाव दिँदै उनले भने, ‘हामी कम्युनिस्ट त मिल्यौँ, तपाइँहरू पनि मिल्नुस्, महन्थ ठाकुरलाई मिलाउनुस्, अरू फुटेका पक्षलाई पनि मिलाउनुस् ।’ उनले गच्छदारलाई मिलाउँदा देउवालाई फोन गरेर बधाई दिएको बताए ।
‘हामी मिल्दा कांग्रेसभित्रको एउटा झगडा मिल्यो, गच्छदारलाई मिलाउनुभयो, यो कुरामा त हामी वामपन्थीले कांग्रेसलाई गुन लगाएका छौँ’ प्रचण्डले भने, ‘कम्युनिस्ट मिले भनेर प्रतिवाद गर्दा राजतन्त्रका पक्षधरसँग मितेरी लगाउन पुग्नुभएको छ कांग्रेसहरू, यो देशका लागि क्षति हो ।’
प्रधानमन्त्री शेरबहादुर देउवाप्रति संकेत गर्दै अध्यक्ष प्रचण्डले दूरी मिल्न नसक्ने गरी गाली नगर्न पनि सुझाव दिए । उनले भने, ‘भोलि विखण्डनकारीले देश टुक्र्याउन खोजे भने सबै मिल्नुपर्छ, त्यसैले मिल्न नसक्ने गरी गाली नगर्नुहोला । कांग्रेस पनि देश टुक्र्याउन चाहँदैन होला ।’
प्रचण्डले अब ६ महिना, नौ महिनाको लागि बन्ने तमसुके सरकारको अन्त्य हुने बताए । उनले भने, ‘७० वर्षदेखिको रोगको अन्त्य हुन सकेन, तमसुक बनाएर सरकार चलाउनुपर्ने विडम्बना थियो ।’ यही विडम्बना अन्त्य गर्न कम्युनिस्ट एकता भएको उनले बताए ।
सुकुमवासीलाई अपार्टमेन्ट
पूर्वप्रधानमन्त्री प्रचण्डले सुकुमवासीलाई अपार्टमेन्टमा राखिने बताएका छन् । नागरिक समाजसँग उनले सुकुमवासीलाई जग्गा दिएर मात्र समस्या हल नहुने बताए । प्रचण्डले भने, ‘सुकुमवासीलाई अपार्टमेन्टमा राखेर उनीहरूलाई रोजगारीको ग्यारेन्टी गर्नुपर्छ ।’
उनले पहाड छेडेर चितवनमा पानी ल्याउन सम्भव भएको बताए । ‘यसका लागि बलियो हात बनाएर सिंहदरबार पस्नुपर्छ, तपाईंहरूले बलियो हात बनाएर पठाउनुपर्छ’ अध्यक्ष प्रचण्डले भने, ‘चितवनका नौ सांसद बलियो भएर गयौँ भने पाँच वर्षमा चितवनलाई एसियाली मापदण्डको नमुना सहर बनाउन सकिन्छ ।’
Ganesh Deuba
Desh ko sampaty liter dgani bhayaka luteraharu.
Raju Sth
पागल भयो यिनिहरु
Bibek Shah
भोट माग्ने बोली हो बाबु
Raju Sth
तेरो भाट भटेनि दे न
Mohan Kayasta
Bakamfuse Kura.
Shyam Shubham Giri
यिन ले पनि व़ली को बिध्या सिकेछन,रोजगारी मा जाँदा पजेरो मा पूर्याऊने ब्यबस्था गरिनेछ चाही भन्न भूल्नू भएछ कामरेड
Indra Bk
Neta jyu jati grna saknu hunxa teti matra bolne garnuhos chunab 5 barsa paxi feri hunxa ni
Kaudinya Saphal
Pariwar ruda pani desh runuhunna vanne timi mahan hau…
Suresh Dhami Marmali
Hahahahahaha
Jetha Kirat
प्रचण्डले याे नहुने कुरा गर्याे अलीक भरसीलाे कुरा गर्नु नी ??? जनताहरुले बिस्वास गर्ने कुरा र काम केही गरेनन । अनी जनताहरुले कसरी भाेट दिन्छु
Damodar Lamsal
राम राम राम!यही भनाइलाइ पत्याउनेहरूपनि छन् नेपालमा?अब त सबै दलका प्रमुखहरू त जे पनि भन्नथाले के श्राप परो नेपालमा?साच्चै पशुपतिनाथ नेपालको कल्याण गर्ने भये यी नेपालका सबै दलका शिर्ष तहका नेतालाइ साच्चो गर्नसक्ने जनतालाइ नठग्ने काम र कुरा गर्ने बुध्दि र सोच दिमागमा पसाइ दिनु पर्यो भगवान!अब के के बोल्न थाले थाले?यिनीहरूलाइत केही छैन हामीलाइपो लाजमर्दो भयी सक्यो।
Raj Sundar Shrestha
Kathmandu ma ghar vayeko lai bato bistar gari sukumbasi banaune ani aru sukumbasi lai apartment. Gaf dinu ni Sima hun6 ni.
Narottam Lal Maskey
Utkrista bichhar piro achaar jastai ho tyro kura.Sundaa kaan maa tel halnu naparnye bidesiekaa youbaa sabai lai nepal farkaauy kaam dinye vanyera vukye pani hunye.