सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : सभा सञ्चालनमा मेरो सहयोग रहन्छ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १४, २०७६
|
|
२० पटक हेरिएको
Shares
सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : सभा सञ्चालनमा मेरो सहयोग रहन्छ

सारांश

  • काठमाडौं, १४ माघ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वा्चित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा सफलताको शुभकामना दिएका छन्।
  • आज बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वा्चित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा सफलताको शुभकामना दिएका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘सभामुखज्यूको कार्यकाल सफल रहोस्। हाम्रो संसदले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद सञ्चालनको गहन अभिभारा यहाँको हातमा आएको छ। म खुसी व्यक्त गर्न चाहन्छु। यस काममा सफलता मिलोस्। दल, सरकार र मेरो तर्फबाट बधाई तथा शुभकामना भन्न चाहन्छु, ।’

उनले सर्वसम्मत ढंगले सभामुख चयन हुनु सकारात्मक रहेको बताए। संविधानको मर्मअनुसार कार्यान्वयन र कानुनसम्मत र मर्या्िदत ढंगले संसद अघि बढाउन सफलतापूर्वक मिल्ने पनि प्रधानमन्त्रीले विश्वास गरेका छन्। सभा सञ्चालनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने उनको विश्वास छ ।सम्बोधनको क्रममा प्रधानमन्त्रीले ओलीले आजको दुनियाँ तिव्र गतिमा अघि बढिरहेको रहेको सुनाउँदै नेपालले पनि विकासको सम्बन्धमा र पूर्वाधारको सम्बन्धमा तिव्र गतिमा काम गर्नुपर्ने बताए । उनले भने,‘अरु विभिन्न हिसाबाले दुनियाँ तिव्र गतिमा अघि बढेको छ । हामीले यो तिव्र गतिलाई पक्रन सकेनौं भने समयले हामीलाई पर्खदैन् । हामीले प्रणालीअनुकुलको संविधान बनायौं । संविधानअनुकुलका कानून बनाएर कार्यान्वयनमा गएका छौं । यी कुरामा सरकार प्रतिबद्ध छ ।’

आफूहरु यतिवेला स–साना कुराहरुमा अल्झिन नहुनेतर्फ पनि ध्यानाकार्षण गराए । उनले भने,‘आग्रह र पूर्वाग्रहमा अल्झिने र अनावश्यक बहसमा अल्झिनुहुँदैन् ।’ केही दिनपछि आफूले आजको राजनीतिक अवस्था, विभिन्न चर्चामा रहेका समसामयिक सान्दर्भि्कि विषयहरुमा कुरा राख्ने प्रधानमन्त्रीको भनाई छ ।

उनले अघि थपे,‘हामीले गर्नुपर्ने नगरी नगर्नुपर्ने काम आदिको बारेमा छुट्टै आफ्ना विचारहरु समय लिएर राख्नेछु । तर, हामी अलिकति विलम्ब भयौं । अब हामीले विलम्ब गर्नुहुँदैन् । हाम्रा कामहरुलाई संसदले, हरेक ठाउँबाट पनि तिव्र गतिमा अघि बढाउनुपर्छ ।’ संसदको अहिले अधिवेशनमा अलिकति समय खेर गएको भएपनि अब खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘हामीले गर्नुपर्ने कामहरु अगाडि बढाउन सफल हुनेछौं । सभामुख महोदयको सफल नेतृत्वको कामना गर्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या
पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या
प्रचण्ड फेरि विवादको घेरामा…..
प्रचण्ड फेरि विवादको घेरामा…..
गीतकार भुमरी अचानक मिर्मिरेमा हाम्फालेपछि… [भिडियोसहित]
गीतकार भुमरी अचानक मिर्मिरेमा हाम्फालेपछि… [भिडियोसहित]
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत
भारतमा बस दुर्घटना हुँदा ४५ जनाकाे मृत्यु !
भारतमा बस दुर्घटना हुँदा ४५ जनाकाे मृत्यु !
पुनः हिन्दू राष्ट्र घोषणाका लागि राप्रपाले आगामी फागुन ७ गतेदेखि अभियान सुरू गर्ने
पुनः हिन्दू राष्ट्र घोषणाका लागि राप्रपाले आगामी फागुन ७ गतेदेखि अभियान सुरू गर्ने
राधिकाको हत्यामा संलग्न प्रहरी हबल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
राधिकाको हत्यामा संलग्न प्रहरी हबल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
एनसेलको नयाँ अल टाइम डेटा प्याक, ननस्टप यूट्युब डेटा प्याकको मूल्य दोब्बर
एनसेलको नयाँ अल टाइम डेटा प्याक, ननस्टप यूट्युब डेटा प्याकको मूल्य दोब्बर
सिरहामा ६ वटा मतदान केन्द्र थप
सिरहामा ६ वटा मतदान केन्द्र थप
सफल लोक आवाज २०७५ सुरु हुँदै, जेठ १९ गते पहिलो अडिसन
सफल लोक आवाज २०७५ सुरु हुँदै, जेठ १९ गते पहिलो अडिसन

तपाईंले छुटाउनुभयो कि?