डा.केसीले दिए गगनलाई जितको शुभकामना

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
|
५३ पटक हेरिएको
Shares
डा.केसीले दिए गगनलाई जितको शुभकामना

सारांश

  • काठमाडौं – चिकित्सा शिक्षा क्षेत्रमा भएका वेथितिविरुद्धका अभियान्त डा.
  • गोविन्द केसीले प्रतिनिधि सभाका उमेदवार गगन थापा तीन करोड नेपालीको हितमा बोल्ने र नीति बनाउने नेता भएको भन्दै उनलाई जितको लागि शुभकामना दिएका छन्।
  • डा.

काठमाडौं – चिकित्सा शिक्षा क्षेत्रमा भएका वेथितिविरुद्धका अभियान्त डा.गोविन्द केसीले प्रतिनिधि सभाका उमेदवार गगन थापा तीन करोड नेपालीको हितमा बोल्ने र नीति बनाउने नेता भएको भन्दै उनलाई जितको लागि शुभकामना दिएका छन्।

डा.केसीले आसन्न निर्वाचन सही नेता चुन्ने ऐतिहासिक अवसर भएको भन्दै तीन करोड नेपालीका हकहितमा बोलिदिने र नीति निर्माण गरिदिने व्यक्ति चुन्न आग्रह समेत गरेका छन् । ‘आइ वीस हिम बेष्ट अफ लक’ डा.केसीले एक भिडियो सन्देशमा भनेका छन् । संसद भनेको ऐन बनाउने र नीति बनाउने थलो भएको भन्दै गगन थापाजस्तो मान्छे निर्वाचित भएर आएमा देशलाई अझै अगाडि बढाउन सक्ने र नेतृत्व प्रधान गर्नसक्ने बताएका छन् ।

थापा काठमाडौँ ४ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा छन्।
डा.केसीले धेरैका शीर्षस्त भनिने नेताहरू नै तीन करोड नेपालीको स्वस्थ रहेर जिउने र सबै विद्यार्थीले सुलभ शिक्षा पाउन भन्ने उद्देश्यले भएको आफ्नो अभियान विरुद्ध लाग्दा थापा तेस्रो अनशनदेखि नै अभियान्ताकै रुपमा काम गरेको बताएका छन् ।

उनले सुरुमा आफूले चिकित्सा शिक्षा ऐन बनाउन माग गर्दा सुरुमा कार्यदल बन्न नदिएको,  पछि प्रतिवेदन सार्वजनिक हुनै नदिएको र संघर्षकै बलमा प्रतिवेदन अनुसार ऐनका मस्यौदा बनेको बताएका छन् । ‘अहिले ऐनलाई आउन नदिइ भुर्ण हत्या गर्ने कोसिस भयो’ उनले भने, ‘अहिलेसम्म भएको उपलब्धीमा उहाँको सराहनीय भूमिका छ’  उनले अरु थुपैले पनि अध्यादेशसम्म ल्याउन भूमिका खेलेपनि सबैभन्दा बढी थापाले नै भूमिका खेलेको समेत बताएका छन् । ‘गगन थापाको मुख्य भूमिका नभएको भए यो स्थिति आउने थिएन’ डा.केसीले भनेका छन् ।

उनले लोकमानले संविधानभन्दा माथि बसेर स्वेच्छाचारिता प्रदर्शन गरेर प्रजातन्त्र नै खतरामा परी ६०१ ले बोल्ने हिम्मत नगर्दा थापाले नै महाअभियोग प्रस्तावका लागि अगुवाई गरेको समेत उनले स्मरण गरे । उनले सार्वजनिक महत्वको प्रस्तावका लागि तीन जना सासंद जुटाउन पनि थापाले नै पहल गरेको बताएका छन्।

उनले थापा राष्ट्रिय मुद्दामा भुमिका खेल्न नचुक्ने नेताको रुपमा आफूले जानकारी पाएको भन्दै निर्वाचनमा जनताले आफ्ने पक्षमा बोल्ने सही नेता चुन्नुपर्ने दोहोर्याए । उनले आफ्ना स्वार्थका लागि जे पनि गर्ने नेतालाई जनताले सजाय दिने बेला समेत यही भएको टिप्पणी गरेका छन् । उनले देश ठूला नेताको पैत्रिक सम्पती नभएको र उनीहरूको कारण देशमा प्रजातन्त्र आएको यतिका वर्षसम्म संस्कारै विकास हुन नसकेको समेत उल्लेख गरेका छन् । ‘अहिले देशमा दण्डहीनता माफियातन्त्र संस्थागत भएको छ’ उनले भने, ‘जुन नेताहरू आफ्ने स्वार्थ पूर्तिका लागि तीन करोड नेपालीको स्वस्थ रहेर जिउन पाउने अधिकार रक्षाको ऐन बन्न दिएनन् तिनिहरूलाई सजाय दिनुपर्छ ।’

बाँकी काम पूरा गर्ने धोको छ : गगन थापा

प्रतिनिधि सभा उमेदवार गगन थापाले चिकित्सा शिक्षा ऐन ल्याउन गरिएका सबै प्रयात्नलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिवद्धता गरेका छन् । निर्वाचनमा जितका लागि शुभकामना दिने डा.केसीले देखाएको विश्वासलाई धन्यवाद दिने क्रममा थापाले यस्तो प्रतिवद्धता गरेका हुन्।

डा.केसीको शुभकामनालाई धन्यवाद दिँदै थापाले समाजिक संजालमार्फत् डा.केसी सबै नेपालीको सहज र गुणस्तरीय स्वास्थ्य सेवाको हकलाई सुनिश्चित गराउने आन्दोलनको पर्याय र न्यायपूर्ण समाजको निर्माणका लािग संघर्षरत सबैको प्रेरणाको स्रोत भएको टिप्पणी गरेका छन्।

‘प्रभावकारी र गुणस्तरीय सार्वजनिक शिक्षा र स्वास्थ्यलाई जीवनकै ध्याये बनाएर उहाँको आन्दोलनमा हिजो पनि सँगै थिएँ भोली पनि रहनेछु’  थापाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार डोमा शेर्पा सगरमाथा आरोहणमाः महासंघले गर्यो बिदाई
पत्रकार डोमा शेर्पा सगरमाथा आरोहणमाः महासंघले गर्यो बिदाई
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
नेकपाद्वारा कास्की-२ मा विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिश
नेकपाद्वारा कास्की-२ मा विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिश
सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता शुरु
सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता शुरु
मोडल अनुराग ठकुरीद्धारा अभिनित गीत ‘माफ गर..’ बजारमा (भिडियोसहित)
मोडल अनुराग ठकुरीद्धारा अभिनित गीत ‘माफ गर..’ बजारमा (भिडियोसहित)
वैदेशिक रोजगारमा जानेहरुकाे समस्यालाई लिएर सांसदद्वारा सरकारको ध्यानाकर्षण !
वैदेशिक रोजगारमा जानेहरुकाे समस्यालाई लिएर सांसदद्वारा सरकारको ध्यानाकर्षण !
चुनौतीमा पूर्वप्रधानमन्त्री खनाल
चुनौतीमा पूर्वप्रधानमन्त्री खनाल
इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र शनिबार
इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र शनिबार
आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै
आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै
हिजो परेको चट्याङले ३ जनाको ज्यान गयो
हिजो परेको चट्याङले ३ जनाको ज्यान गयो