वाम गठबन्धनको ८५ प्रतिशत र कांग्रेसको ५५ प्रतिशत जित्ने दाबी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
२० पटक हेरिएको
Shares
वाम गठबन्धनको  ८५ प्रतिशत र  कांग्रेसको ५५ प्रतिशत जित्ने दाबी

सारांश

  • १७ मंसिर, काठमाण्डौ ।
  • एमाले–नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेस तथा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन दुवैले संघीय नेपालको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् ।
  • चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका साथै राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धन निर्वाचन प्रचारको समयावधि सकिनै लाग्दा आ–आफ्नै जोडघटाउ र दाबीमा रहेका हुन् ।

१७ मंसिर, काठमाण्डौ । एमाले–नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेस तथा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन दुवैले संघीय नेपालको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् ।

चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका साथै राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धन निर्वाचन प्रचारको समयावधि सकिनै लाग्दा आ–आफ्नै जोडघटाउ र दाबीमा रहेका हुन् ।

केन्द्रीय सरकारसँगै प्रदेश सरकार पनि आफ्नै नेतृत्वमा रहने दाबी लोकतान्त्रिक एवं वाम गठबन्धन दुवैले गरेका छन् । मधेसवादी गठबन्धनले भने केन्द्रीय सरकार निर्माणमा महत्वपूर्ण भूमिका रहने र प्रदेश २ मा आफ्नै नेतृत्वमा प्रदेश सरकार बनाउने दाबी गरेको छ ।

कांग्रेस नेता गोपालमान श्रेष्ठले लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभातर्फको १ सय ६५ सिट र प्रदेशसभातर्फको ३ सय २० सिटमा ५५ प्रतिशत सिटसहित स्पष्ट बहुमत ल्याउने र आफ्नै नेतृत्वमा केन्द्रीय सरकारसहित सातवटै प्रदेशमा प्रदेश सरकार गठन गर्ने दाबी गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो चरण निर्वाचन भएका ३२ जिल्लाको समीक्षा गर्दा दुई तिहाइ बढी सिट जित्ने आँकलन गरेका छन् । उनले दोस्रो चरणमा पनि यो क्रम जारी रहने विश्लेषण गरेका छन् ।

एमाले महासचिव ईश्वर पोखरेलले प्रतिनिधिसभाको १ सय ६५ र प्रदेशसभाको ३ सय २० सिटमा वाम गठबन्धनले ८० देखि ८५ प्रतिशत सिट जित्ने दाबी गरे । दुई तिहाइभन्दा बढी सिट संख्या जितेर केन्द्रीय सरकारका साथै सातवटै प्रदेशमा वाम गठबन्धनको प्रदेश सरकार पनि गठन गर्ने उनले बताए ।

फोरम नेपालका महासचिव रामसहाय यादवले प्रदेश २ मा दुई तिहाइभन्दा बढी सिट जितेर प्रदेश सरकार गठन गर्ने निश्चित भएको बताए ।

राजपा नेपालका महासचिव अजय गुप्ताले मधेसवादी गठबन्धनले प्रतिनिधिसभातर्फ ५० भन्दा बढी सिट जित्ने दाबी गरेका छन् ।

(Tramadol)

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Jiban Gurung

    Jitxas

    Comment Author

    Chuda Mani Acharya

    पत्याउनै नसकिने कुरा ; कि त ( ८५ + १५ ) प्रतिशत = १०० % हुन्छ कि त ( ४५ + ५५ ) प्रतिशत = १०० % हुन्छ ।

    Comment Author

    Bishnu Bhattarai

    Jod ghatau najannele prediction garne ?

    Comment Author

    Kaji Bandhu

    १००% हुन्छ !!

    Comment Author

    Siva Baburam Lamichhane

    Jamma kati % hunchara

    Comment Author

    Raju Karki

    55%कङ्रेस र 45%बाम

    Comment Author

    Raju Bohora

    sahi

    Comment Author

    Rabi Prakash Malla

    Pagal kuraa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?