चिनियाँ नेता येझाउसहितको टोलीद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १२, २०७७
|
|
१९ पटक हेरिएको
Shares
चिनियाँ नेता येझाउसहितको टोलीद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

सारांश

  • चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाऊसहितको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ ।
  • आजै नेपाल भ्रमणमा आएको टोलीले भण्डारीसँग भेटवार्ता गरेको हो ।
  • भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाका बारे कुराकानी भएको बुझिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाऊसहितको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । आजै नेपाल भ्रमणमा आएको टोलीले भण्डारीसँग भेटवार्ता गरेको हो । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाका बारे कुराकानी भएको बुझिएको छ ।

यभाऊसहित चीनबाट आएको चारजना र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसहित तीनजना अपरान्ह ४ बजेर ५० मिनेट जाँदा शितलनिवास पुगेका थिए । त्यहाँ उनीहरुले नेकपा विवाद र सहमतिको सम्भावनाबारे कुराकानी गरेको बुझिएको छ ।

चीनले नेकपालाई पुनः एक बनाउने गृहकार्य गर्दै उच्चस्तरको टोली पठाएको हो । यझाऊसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली देखि नेकपाको प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समेतलाई भेटेर चिनियाँ चाहना र धारणा सुनाउने तय भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश लिएर टोली आएको बुझिएको छ । चीनले नेकपालाई पुनः एक हुन दुवै समूहमाथि दबाब बढाएको छ । यो चीनको निर्णायक प्रयासका रुपमा हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?