चैते धानको बीउ सुक्न थाल्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १३, २०७५
|
|
४५ पटक हेरिएको
Shares
चैते धानको बीउ सुक्न थाल्यो

सारांश

  • धम्बोजी, १३ फागुन , दुई बाली धानखेती गर्न सकिने भन्दै हौसिएका बर्दिया राजापुरका किसान चैते धानको बीउ मर्न थालेपछि चिन्नित बनेका छन् ।
  • भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई धान उत्पादनको दृष्टिले उपयुक्त मानेर राजापुर क्षेत्रलाई प्रधानमन्त्री कृषि सुपरजोनसमेत घोषणा गरिएको हो ।
  • राजापुरमा चैते धानको बीउमा ढुसीजन्य रोग लागेको स्थानीयवासी शान्ति थारूले बताउनुभयो ।

धम्बोजी, १३ फागुन , दुई बाली धानखेती गर्न सकिने भन्दै हौसिएका बर्दिया राजापुरका किसान चैते धानको बीउ मर्न थालेपछि चिन्नित बनेका छन् ।

भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई धान उत्पादनको दृष्टिले उपयुक्त मानेर राजापुर क्षेत्रलाई प्रधानमन्त्री कृषि सुपरजोनसमेत घोषणा गरिएको हो । राजापुरमा चैते धानको बीउमा ढुसीजन्य रोग लागेको स्थानीयवासी शान्ति थारूले बताउनुभयो । राजापुरमा दुई बाली धानखेती गर्न सकिने प्रशस्त सम्भावना देखिएपछि किसानलाई कृषि सेवा केन्द्रबाट धानको बीउ अनुदानमा वितरण गरिएको थियो ।

“धानको बीउ राम्ररी त उम्रियो तर बेर्ना मर्न थालेको छ”, थारूले भन्नुभयो । प्राविधिकले भनेझैँ मेहनत गरी १० कट्ठामा बीउ रोप्न राखे पनि बीउ मरेर सकिन थालेको उहाँको भनाइ छ । “बजारबाट विषादी ल्याएर त छरियो तर बीउ हुने नहुनेमा आफू दोधारमा परेकी छु”, थारूले भन्नुभयो ।

धानको बेर्नामा रोग लागेको गुनासो लिएर आएका किसानको खेतमा प्राविधिक टोली पठाइने र आफू स्वयं पनि जाने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन कार्यक्रम राजापुरका वरिष्ठ कृषि अधिकृत वीरेन्द्र पराजुलीले बताउनुभयो । क्षेत्रीय बीउबिजन अनुसन्धान केन्द्रबाट पनि विज्ञ टोली बोलाएर किसानलाई प्राविधिक सहयोग गर्न सकिने पराजुली बताउनुहुन्छ । “चैते धानको बेर्ना जरै कुहिएर मरेको भए बीउ बिग्रने तर टुसा मात्र मरेको रहेछ भने फेरि बेर्ना पलाउँछ”, उहाँले भन्नुभयो । बीउमा विषादी ल्याएर छर्न कृषकलाई अनुरोध गरिएको पराजुली बताउनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा प्राविधिक क्षेत्रबाट पहिलो स्थल सेनापति
भारतमा प्राविधिक क्षेत्रबाट पहिलो स्थल सेनापति
Access from anywhere, anytime!
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
केनको निर्णायक गोलमा टोटेनहम फाइनलमा, रियल पुनः पराजित
केनको निर्णायक गोलमा टोटेनहम फाइनलमा, रियल पुनः पराजित
विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदै
विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदै
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
Internet Casino Österreich Echtgeld Casino Spielen Vulkan Vega
सरकारद्वारा प्रतिवन्धित विप्लव समुहद्वारा चरणबद्ध विरोध कार्यक्रम घोषणा
सरकारद्वारा प्रतिवन्धित विप्लव समुहद्वारा चरणबद्ध विरोध कार्यक्रम घोषणा
भीमेश्वर नगरपालिका चरंगेमा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते
भीमेश्वर नगरपालिका चरंगेमा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते
पूर्व प्रधानमन्त्रीलाई कालो धन थुपारेको आरोप लागेपछि…
पूर्व प्रधानमन्त्रीलाई कालो धन थुपारेको आरोप लागेपछि…