प्रधानमन्त्रीसँग डा. कवारीको भेट

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ११, २०७३
|
|
१२३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसँग डा. कवारीको भेट

सारांश

  • प्रधानमन्त्री प्रचण्डसँग युनेस्कोको डाइरेक्टर जनरल पदका उम्मेदवार डा.
  • हदम अल कवारीले भेट गरेका छन् ।
  • प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा युनेस्कोको निर्वाचनमा आफूलाई मतदान गर्न डा.

प्रधानमन्त्री प्रचण्डसँग युनेस्कोको डाइरेक्टर जनरल पदका उम्मेदवार डा. हदम अल कवारीले भेट गरेका छन् ।


प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा युनेस्कोको निर्वाचनमा आफूलाई मतदान गर्न डा. कवारीले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

कतारका नागरिक कवारीले कतारको विकासमा नेपालीहरुले गरेको योगदानको प्रशंसा गर्दै कतारमा कार्यरत नेपालीहरुको हितमा आफूले काम गर्ने आश्वासनसमेत दिए ।

जवाफमा प्रधानमन्त्रीले डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले सहयोग गर्ने जनाए । नेपाल र कतारबीच मैत्रीपूर्ण र हार्दिक सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्रीले आगामी दिनमा नेपालको विकासमा कतारलेे थप सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?