लोकतान्त्रिक फोरमका ११ नेता कांग्रेस केन्द्रीय सदस्य मनोनीत
सारांश
- काठमाडौं ।
- नेपाली कांग्रेसमा ११ जना केन्द्रीय सदस्य थपिएका छन् ।
- सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसमा ११ जना केन्द्रीय सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
नेपाली कांग्रेस पार्टीमा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका सांगठनीक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार सभापति देउवाले मनोनयन गरेको विज्ञप्तिमा जनाइएको छ ।
१ रामजनम चौधरी (कैलाली)
२ मो. नसिर सिद्धिकी (सिराहा)
३ भारतेन्दुकुमार मल्लीक (झापा)
४ हेमराज तातेड (सप्तरी)
५ डा गोपाल दहित (बर्दिया)
६ मंगलप्रसाद थारु (बर्दिया)
७ योगेन्द्र चौधरी (दाङ्ग)
८ हरिप्रसाद न्यौपाने (मोरङ्ग)
९ सुमित्रा थरुनी (सुनसरी)
१० कल्पना चौधरी (सुनसरी)
११ पवनकुमार सारडा (मोरङ्ग)
प्रतिक्रिया