यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा बामगठबन्धनले

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
२६ पटक हेरिएको
Shares
यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा  बामगठबन्धनले

सारांश

  • आसन्न प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको माहोल गर्माउदै गईरहेका बेला काठमाडौँ ८ मा वाम गठबन्धनको जनलहर दिनप्रतिदिन बढ्दै गएको छ ।
  • काठमाडौँ महानगरपालिकाका ६ वटा र नागार्जुन नगरपालिकाका २ वटा वडा रहेको सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनका तर्फबाट हेभिवेट नेताहरु उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।
  • प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता जीवनराम श्रेष्ठ, तीन नम्बर प्रदेशको मुख्यमन्त्री हुने गरी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य निर्वाचन क्षेत्र नम्बर ८ को ख बाट प्रदेशसभा सदस्य र समाजसेवी तथा एमालेकै अर्का युवा नेता राजेश शाक्य प्रदेशसभाका लागि क निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

आसन्न प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको माहोल गर्माउदै गईरहेका बेला काठमाडौँ ८ मा वाम गठबन्धनको जनलहर दिनप्रतिदिन बढ्दै गएको छ । काठमाडौँ महानगरपालिकाका ६ वटा र नागार्जुन नगरपालिकाका २ वटा वडा रहेको सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनका तर्फबाट हेभिवेट नेताहरु उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता जीवनराम श्रेष्ठ, तीन नम्बर प्रदेशको मुख्यमन्त्री हुने गरी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य निर्वाचन क्षेत्र नम्बर ८ को ख बाट प्रदेशसभा सदस्य र समाजसेवी तथा एमालेकै अर्का युवा नेता राजेश शाक्य प्रदेशसभाका लागि क निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

काठमाडौँ उपत्यकाको मुटु भनेर चिनिने बसन्तपुर समेत रहेको यो निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले आफुहरुले विजय हाँसिल गरिसकेको बताएका छन् ।

बिहानै पाँच बजेदेखि घरदैलो, कोणसभा तथा भेलाहरुमा सहभागी श्रेठले भने, ‘मतदाताहरुको रेस्पोन्स र उत्साहले नै देखाउँछकी हामीले चुनाव जितिसकेका छौँ । २१ गते त प्राविधिक रुपले जितेर देखाउने हो ।’

उनले विगतमा दुई दुई पटक जितेको काँग्रेसले जनताको चाहाना अनुसार काम गर्न नसकेको र देशभर वाम गठबन्धनको माहोलले गर्दा यसपाली धेरै फराकिलो मत अन्तरमा चुनाव जित्ने बताए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठले पर्यटकीय र सांस्कृतिक हिसावले महत्वपुर्ण ८ नम्बर क्षेत्रका बसन्तपुर र स्वयम्भुलाई अन्तर्राष्ट्रियकरण गरेर सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने योजना सुनाए ।

आफ्नो निर्वाचन क्षेत्र रहेको नागार्जुन नगरपालिकाको वडा नम्बर ५ पुतुवार गाउँमा आयोजित सभालाई सम्बोधन गर्दै श्रेष्ठले नागार्जुनलाई विशेष पर्यकीय क्षेत्र बनाएर सम्वृद्ध बनाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा एमाले उपाध्यक्ष तथा प्रदेशसभा ख की उम्मेदवार अष्टलक्ष्मी शाक्यले देशको आवश्यकता र जनताको चाहाना अनुसार वाम गठबन्धन बनेको भन्दै दुई तिहाई बहुमत सहित देशको नेतृत्व गर्ने बताईन । उनले भनिन, ‘हामी यो देशलाई सम्वृद्ध बनाउन चाहान्छौँ । त्यसका लागि तपाईहरुको सहयोगको आवश्यकता छ ।’

वाम गठबन्धनले सोमबार बिहान काठमाडौँको स्वयम्भुदेखि बसन्तपुरसम्म वृहत जनप्रदर्शन गरेर आफ्नो शक्ती देखाउने जानकारी दिएको छ । प्रर्दशन बिहान ७ बजे सुरु हुने छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sudan Karki

    K garx..nepal band garx.. ahile sama congres le nepal band gareko xaina..usle janta uchalx ani janta lai Marx tehi ho

    Comment Author

    Kash Bhatta

    Dalal

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?