माधव नेपालको साथ छोडे यी नेताहरुले
सारांश
- नेकपा एमाले विभाजन गर्न लाग्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लामो समय साथ दिएकाहरुले साथ छाडेका छन् ।
- नेपालसँग लामो समय सहकार्य गरेका एमालेका पदाधिकारीहरुले नै साथ छाडेका हुन् ।
- माधव नेपालको साथ छाड्नेहरुमा एमालेका पदाधिकारीहरु समेत छन् ।
नेकपा एमाले विभाजन गर्न लाग्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लामो समय साथ दिएकाहरुले साथ छाडेका छन् । नेपालसँग लामो समय सहकार्य गरेका एमालेका पदाधिकारीहरुले नै साथ छाडेका हुन् ।
माधव नेपालको साथ छाड्नेहरुमा एमालेका पदाधिकारीहरु समेत छन् । एमाले उपाध्यक्ष भीम रावलले पहिल्यै नै साथ छाडिसकेका छन् । उनलाई पछिल्लो समय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले साथ छाडेका छन् ।
शाक्य एमाले विभाजनको विपक्षमा रहँदै आएकी थिइन् । उनले २०५५ सालमा महाकाली सन्धीको विरोध गरेपनि एमाले विभाजन गर्दा बामदेव गौतमलाई साथ दिइनन् । यसपटक पनि उनले पार्टी फुटाउन लागेका माधव नेपाललाई साथ दिइनन् ।
रावल, शाक्य र ज्ञवाली माधव नेपालको खेमाबाट नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुन् । उनीहरुलाई नेता नेपालका विश्वासपात्र मानिन्थ्यो ।
पार्टी फुटाउन साथ नदिनेमा माधव नेपाल पक्षका गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य पनि हुन् । उनीहरु नवौं महाधिवेशनबाट निर्वाचित सचिव हुन् । माधव नेपाल पक्षबाट चुनाव लडेर महाधिवेशनमा विजयी भएका उनीहरुले ओलीसँग संघर्षमा साथ दिएपनि पार्टी फुटाउन साथ दिएनन् ।
यसैगरी, माधव नेपाल पक्षबाट नवौं महाधिवेशनबाट महासचिवको उम्मेदवार बनेका सुरेन्द्र पाण्डे अलमलमा छन् । उनी पार्टी फुटाउने पक्षमा छैनन् । तर, माधव नेपाल पक्षमा जान दबाब छ । विश्वस्त स्रोतका अनुसार पाण्डे पनि माधव नेपालसँग नजाने पक्षमा उभिने भएका छन् ।
माधव नेपालको साथ छाडेका एमाले पदाधिकारी
प्रतिक्रिया