नक्क्ली कागजपत्र पेश गरेर गिनिजबुकमा नाम लेखाउने यी हुन् अराेही शेर्पा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
नक्क्ली कागजपत्र पेश गरेर गिनिजबुकमा नाम लेखाउने यी हुन् अराेही शेर्पा

सारांश

  • काठमाडौं, १५ साउन।
  • स्पिड आरोहणको प्रमाणपत्र लिई गिनिजबुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका दोलखाका पेम्वा दोर्जे शेर्पाले नक्कली कागजात पेश गरेको खुलेको छ ।
  • ८ घण्टा १० मीनेटमा सगरमाथाको चुचुरो चुमेको किर्ते कागजात पेश गरी पेम्वाले प्रमाणपत्र लिएको अदालतको ठहरपछि उनले पर्यटन विभागलाई प्रलोभनमा पारी किर्ते कागजात तयार पारेका हुन् ।

काठमाडौं, १५ साउन। स्पिड आरोहणको प्रमाणपत्र लिई गिनिजबुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका दोलखाका पेम्वा दोर्जे शेर्पाले नक्कली कागजात पेश गरेको खुलेको छ । ८ घण्टा १० मीनेटमा सगरमाथाको चुचुरो चुमेको किर्ते कागजात पेश गरी पेम्वाले प्रमाणपत्र लिएको अदालतको ठहरपछि उनले पर्यटन विभागलाई प्रलोभनमा पारी किर्ते कागजात तयार पारेका हुन् ।

पर्यटन विभागले आर्थिक प्रलोभनमा पारी कानुनी दायरा पुरा नगरी यथार्थ प्रमाणबिना आरोहणको प्रमाणपत्र दिएको भन्दै सर्वोच्चले ३ माघ, २०७४ मा पेम्वाको आरोहण बद्दर गरेको थियो । अदालतको फैसालासँगै पेम्वाको स्वतः विश्वकिर्तिमानी रकेर्ड खारेज भएको छ । उनको रेकर्ड खारेजसँगै स्पीड आरोहणको कीर्तिमानी सोलुखुम्बु जुभिङका लाक्पा गेलु शेर्पा बनेका छन् । गेलुले सर्वोच्च शिखर सगरमाथा आधारशिविरदेखि १० घण्टा ५६ मीनट ४६ सेकेण्डमा आरोहण गरेका थिए । उनले पुरा गरेको समय विश्वमै सबैभन्दा छिटो समयमा सगरमाथा अरोहण गरेको रेकर्ड हो । गेलुको यो रेकर्डसँगै उनले २०६० साल जेठ १२ गते चुचुरो चुमेको प्रमाणित गर्दै ‘गिनिजबुक अर्फ वल्र्ड रेकर्ड’ले पनि प्रमाणपत्र दिएको थियो ।

तर ८ जेठ २०६१ मा अर्थात् २१ मे २००४ मा दोलखाका पेम्वा दोर्जे शेर्पाले ८ घण्टा १० मीनेटमा चुचुरो चुमेको दाबी गर्दै पर्यटन विभागलाई समेत आर्थीक प्रलोभनमा पारी स्पिड आरोहीको प्रमाणपत्र लिन सफल भए । गेलु लगायत ८ जना आरोहीले पेम्वा छिटो समयमा आरोहण गरेको कुनै पनि आधार नभएको भन्दै १८ जेठ २०६१ मा अदालतमा रिट दर्ता गराएका थिए ।जनप्रहार साप्ताहिकका अनुसार सुनुवाईमा ढिला भएपछि गेलुले २०७० मा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
उक्त रिटमा सर्वोच्चले २१ मे २००४ मा खराब मौसमका कारण कसैले पनि शो दिन सगरमाथा आरोहण नगरेको प्रमाणीत गर्दै पेम्वाको प्रमाणपत्र खारेज गरेको थियो । प्रमाणपत्र खारेज गर्दै सर्वोच्चले अब कुनै पनि आरोहीले सगरमाथा आरोहण गरेको भनी प्रमाणपत्र दिनु अघि दाबी विरोधको उजुरी माग गर्दै सार्वजनिक सूचना प्रकाशन गरेर मात्र प्रमाणपत्र दिनु भनी सम्बधीत निकायलाइ निर्देशनात्मक आदेश समेत दिएको थियो ।

सर्वोच्चको आदेशसँगै समम्बधीत निकायलाई अब पेम्वा र उनलाई किर्ते कागजात तयार पार्न सहयोग गर्ने कर्मचारीमाथि छानबिनको बाटो खुलेको छ । स्रोतका अनुसार उक्त किर्ते प्रक्ररणमा प्रहरीको एक युनीटले अनुसन्धान सुरु गरेको छ ।उता स्पिड आरहीको नक्कली प्रमाण पत्र बोक्दै पेम्वाले पावरको मिसयुज गरेको समेत प्रमाण फेला परेको छ । पेम्वाले नेतादेखि मन्त्री र कर्मचारीदेखि नेपाली सेनालाई समेत आफू स्पिड आरोहण कर्ता भएको भन्दै प्रलोभनमा पार्दै आएका छन् । उच्च व्यक्तीसँग फोटो सेसन गर्दै शेर्पाले त्यहि फोटो देखाएर सर्वसाधारण आरोही र यससम्बन्धी काम गर्ने व्यक्तिलाई अनावश्यक दुःख दिने गरेको पीडितहरूले बताएका छन् । २०१७ को स्प्रिङ सिजनमा सगरमाथा चढ्ने क्रममा एभरेष्ट परिवार टेक समिट क्रालाईमर टिमलाई अक्सिजन चोरेको आरोप लगाई युएन र नेपाली सेनाको धम्की दिई १६ हजार अमेरिकी डलर पेम्वाले असुलेका थिए ।

हिमाल चढ्ने पर्वतारोहीलाई पेम्वाले बारम्बार धम्की दिने ट्रेकिङ अफिसरलाई लुट्ने र गुण्डाको सहयोगमा कुटपिट समेत गर्दै आएको पीडितहरूको आरोप छ । २०१८ मा सांग्रिला नेपाल टेकबाट हिमाल चढ्न गएका पर्बतारोहीको अक्सिजन अल्पाईन एसियन ईन्टरनेसनलले चोरी गरेको भन्दै क्षतिपूर्ति मागसहित धम्की दिएका थिए । तर अल्पाईनले यस बिषयमा पर्यटन विभागमा उजुरी दिएपछि विभागले छलफलको लागि बोलाउँदा पेम्वा भागेका थिए ।

(www.saasgenius.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्नुको मृत्यु रहस्यमय बन्दै
अन्नुको मृत्यु रहस्यमय बन्दै
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
३ हजार पुलिस  एकजोर जुत्ता चोरी गर्ने मानिसको खोजीमा ,
३ हजार पुलिस एकजोर जुत्ता चोरी गर्ने मानिसको खोजीमा ,
राजधानी छोड्दै सर्वसाधारण  !
राजधानी छोड्दै सर्वसाधारण !
गुल्मीमा दुई क्षेत्रकै चन्द्रलाई सूर्यले छेक्ने सम्भावना
७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी
७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी
काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस
सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान
सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
चिनियाँ टोली काठमाण्डौ आउँदै
चिनियाँ टोली काठमाण्डौ आउँदै

तपाईंले छुटाउनुभयो कि?