मुखमा कपडा कोचेर, गहगहना लुटियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
३५ पटक हेरिएको
Shares
मुखमा कपडा कोचेर, गहगहना लुटियो

सारांश

  • पाल्पा, १८ मंसिर , माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् ।
  • घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् ।
  • श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी, चन्द्रमा र मोबाइलसमेत लुटेर लगेको सुरेशकी श्रीमती कल्पना नेपालीले बताउनुभयो ।

पाल्पा, १८ मंसिर , माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् ।

घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी, चन्द्रमा र मोबाइलसमेत लुटेर लगेको सुरेशकी श्रीमती कल्पना नेपालीले बताउनुभयो ।

“खुकुरी देखाएर मुखमा कपडा कोच्यो, हात खुट्टा बाँध्यो र मेरो नाक कानका गहना, र छिमेकी नन्दहरूको गहना थुत्यो, ३ वर्षको छोरोको कानको मुन्द्रीसमेत थुतेर लग्यो”, कल्पनाले भन्नुभयो, “बच्चाको भुड्की, कोर्ट, पाइन्ट, चस्मा, लत्ताकपडा, चार र पाँच तोला सुन र नगद चोरी गरेर लगेको छ ।”

लुटपाटको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगी तथ्य संकलन गरि फर्केको छ । त्यस क्षेत्रमा रातभरि गाडी ओहोरदोहोर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?