निर्वाचनले गर्दा दैनिक रु पाँच करोडको फूल कारोवार

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
निर्वाचनले गर्दा दैनिक रु पाँच करोडको फूल कारोवार

सारांश

  • काठमाडौँ, १८ मंसिर , निर्वाचनका कारण अहिले दैनिक रु पाँच करोडसम्म फूलको कारोवार भएको छ ।
  • अन्य समयमा दैनिक रु दुई करोड फूलको कारोवार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हँुदा फूलको कारोवारमा वृद्धि भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो ।
  • श्रेष्ठका अनुसार कारोबार हुने फूलमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत हुन्छ ।

काठमाडौँ, १८ मंसिर , निर्वाचनका कारण अहिले दैनिक रु पाँच करोडसम्म फूलको कारोवार भएको छ ।

अन्य समयमा दैनिक रु दुई करोड फूलको कारोवार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हँुदा फूलको कारोवारमा वृद्धि भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार कारोबार हुने फूलमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत हुन्छ ।

अन्य समयमा दैनिक प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरे पनि हरेक वर्ष फूलको माग बढेकाले स्वदेशी उत्पादनले मात्र धान्ने अवस्था भने छैन । अझै पनि १८ प्रतिशत फूल भारतबाट ल्याउनुपर्ने बाध्यता छ । घरदैलो, चुनावीसभामा नेताकार्यकर्तालाई लगाउनका लागि निर्वाचनका समयमा फूलको बढी प्रयोग भएको छ ।

अघिल्ला वर्षमा रु एक अर्ब ७१ करोडको वार्षिक कारोबार हुने गरेकामा चालु आवमा भने फूलको माग बढेकाले दुई अर्ब नाग्ने भएको छ । वार्षिकरुपमा सबैभन्दा बढी सयपत्री फूलको रु १० करोडको वार्षिक कारोबार हुने गरेको छ ।
यस वर्षको तिहारमा मात्रै देशभर गरी ११ लाख वटा मालाको कारोबार भएको छ । गत वर्ष तिहारमा आठ लाख मालाको कारोबार भएकामा यस वर्ष रु तीन लाख वृद्धि भएको छ जसमा नौ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका थिए । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने बताइएको छ ।

तिहारमा मात्र वार्षिक रु सात करोडको फूलको कारोबार हुँदै आएको छ । त्यसैगरी करिब रु पाँच करोडको फूल वार्षिक रुपमा आयात हुने गरेको छ । खासगरी कात्तिकदेखि फागुनसम्मको महिनामा फूलको बढी खपत हुने गरेको एशोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिना बताउनुभयो ।

प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको छ । अष्टे«लिया र मलेसियामा नेपाली बसोबास गर्ने गरेकाले तिहारका समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुने गरेको छ ।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । फूलको मागमा भएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प खेती तथा नर्सरी विस्तार भइसकेको छ ।

सो व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल उत्पादन हुन्छ । व्यावसायिक रुपमा ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ । फूल विशेषगरी वैशाख, असार, असोज, कात्तिक, मंसिर, माघ र फागुन महिनामा बढी कारोबार हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यान्सर अस्पताल भरतपुरका डाक्टर श्रेष्ठलाई कैद सहित १ करोड बढी जरिवाना
क्यान्सर अस्पताल भरतपुरका डाक्टर श्रेष्ठलाई कैद सहित १ करोड बढी जरिवाना
राजश्व सङ्कलनमा कमी
राजश्व सङ्कलनमा कमी
अब जनकपुर पनि पर्यटकीय बसबाटै
अब जनकपुर पनि पर्यटकीय बसबाटै
जनयुद्धका महत्वपूर्ण एजेण्डा पूरा भएका छन् – कृष्णबहादुर महरा
जनयुद्धका महत्वपूर्ण एजेण्डा पूरा भएका छन् – कृष्णबहादुर महरा
दरबार हत्याकाण्डमा हाम्रो परिवारलाई जोडेर घातक प्रहार गरियो : पूर्वराजा शाह
दरबार हत्याकाण्डमा हाम्रो परिवारलाई जोडेर घातक प्रहार गरियो : पूर्वराजा शाह
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
गुच्चा खेल्ने दौंतरी भेट्दा रसाए प्रचण्डका आँखा
गुच्चा खेल्ने दौंतरी भेट्दा रसाए प्रचण्डका आँखा
भेनेजुएलाली तेलमाथि प्रतिबन्धः अमेरिका
भेनेजुएलाली तेलमाथि प्रतिबन्धः अमेरिका
‘राजाको जेठो छोरा दीपेन्द्रको लाश ल्याउँदा प्रहरी र सेनाले पनि सेता कपडा लगाएका थिए’
‘राजाको जेठो छोरा दीपेन्द्रको लाश ल्याउँदा प्रहरी र सेनाले पनि सेता कपडा लगाएका थिए’
पोर्न भिडियो सार्वजनिक भएपछि माेडल परि तामाङ पुगिन टेकु प्रहरीमा
पोर्न भिडियो सार्वजनिक भएपछि माेडल परि तामाङ पुगिन टेकु प्रहरीमा

तपाईंले छुटाउनुभयो कि?